नागरिक पोष्ट News


ट्राफिक प्रहरी पक्राउ :यौन सम्बन्ध राख्‍न नदिएपछि युवतीको हत्‍या गरेको स्वीकारेपछि

2.5K

सुर्खेत, प्रहरीभित्रका केही खराब व्यक्तिका कारण सुरक्षाको महशुस गर्नु पर्नेमा नागरिक उल्टै डराउनु पर्ने अवस्था सिर्जना भएको छ । सुर्खेतमा पनि त्यस्तै घटना घटेको  छ । एसईई दिन डेरमा बसेकी एक छात्रालाई ट्राफिक प्रहरीकै अगुवाईमा हत्या भएको छ । पञ्चपुरी नगरपालिका–३ चौर घर भइ एसईई परीक्षाका लागि बाबियाचौरमै डेरामा बसेकी गौरीकला रोकायको हत्या ट्राफिक प्रहरीले यौन सम्बन्ध राख्न नदिएकै कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दैलेख घरभई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरका कार्यरत ट्राफिक प्रहरी हरि कोइराला र पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र र खुमप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी कार्यालय बाबिचौरका प्रमुख प्रहरी निरिक्षक सुशोभन श्रेष्ठका अनुसार उनीहरुले गौरीकलाको हत्या गरेको स्वीकार गरेका छन् । यौन सम्बन्ध मोटरसाइलकमा राखेर घरभन्दा टाढा लिने क्रममा दुर्घटना हुँदा गौरीकलाको मृत्यु भएको उनीहरुले बयन दिएका छन् ।

Must View