नागरिक पोष्ट News


गोरखाकी एकल महिला मायादेवी र नीनाले पाए भुकम्पप्रतिरोधात्मक जैविक घर

3.6K

-सबु बस्नेत, गोरखा गोरखा जिल्लाको कोखे आले वडा नं २ की एकल महिला मायादेवी विक र नीना मगर लाई  परिवर्तनको लागि सहकार्य नेपालले जैविक प्रविधिद्धारा निर्माण गरिएको नमुना घर हस्तान्तरण गरेको छ ।  एक कार्यक्रमका बीच २०७४ चैत्र ११ गते शनिबार गोरखा नगरपालिकाको प्रमुख राजन राज पन्तको उपस्थितीमा परिवर्तनको लागि सहकार्य नेपालकी अध्यक्ष इन्दिरा घलेले सो घर गोरखा जिल्लाको नगरप्रमुख लगायत स्थानीय वासीको रोहवरमाा हस्तान्तरण गर्नुभएको हो ।  भुकम्प प्रतिरोधात्मक घर घर पाएकोमा एकल महिला मायादेवी विक र नीना पुलामी मगर खुशी भएका थिए ।

यस्तो छ १२० वर्ष केही नहुने जैविक घर 

गोरखा नगरपालिकाको प्रमुख राजन राज पन्तले ग्रीन इँटाको प्रयोग गरी जैविक प्रविधिले बनाइएका यस्ता घरहरु समुदायमा हुनु पर्ने  बताउदै यस्तो उदाहरणीय एवं अनुकरणीय काम गरेकोमा इन्दिरा घले लगायत टिमलाई धन्यबाद दिनुभयो  । साथै सो घर निमार्ण मा कुनै पैसा नलिकन काम गरि सहयोग गरिदिनु भएको सम्पुर्ण दाजुभाईहरुलाई सम्मान दिई यसैमा प्रेरित हुनआग्रह गर्नु भयो ।

कार्यक्रममा वडा अध्यक्ष रहम तुल्ला मियाँले इन्दिरा जस्ता नारीहरु अझै जन्मिनु पर्ने र पटक पटक राम्रो काम गरेको भन्दै उहालाई अझ अगाडि बढ्नको लागि शुभकामना सहित हौसला र प्रेरणा प्रदान गर्नुभयो ।

सो कार्यक्रममा समाजसेवी राजेश्वरी श्रेष्ठले त्यस गाउँका २०० भन्दा बढी बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु कपी कलम बितरण गर्नुभएको थियो । साथै चकलेट बाँडेर वालबालिकाहरुलाई  खुशी बनाइन्।    

कार्यक्रममा वडा अध्यक्ष रहम तुल्ला मियाँ, वरिष्ठ  समाजसेवी राजेश्वरी श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत प्रदिप राज अधिकारी, पत्रकार महासंघ गोरखाको सचिब नरहरि सापकोटा , पत्रकार महासघ गोरखाको कोषध्यक्ष हरिराम उप्रेती ,स्वास्थ्य स्वयमसेवीका विमला पुलामी , महिला समुह जुन तारा समुहको अध्यक्ष. कृष्ण कु थापा लगायतको उपस्थिती रहेको थियो ।

परिवर्तनको लागि सहकार्य नेपालकी अध्यक्ष इन्दिरा घलेले सो घर नमुनाको रुपमा त्यस गाउँमा बनाएको र त्यस्तो घर काठमाण्डौमा बनेका आधुनिक घर भन्दा धेरै नै फाइदा भएको बताउनुभयो ।  सो घरमा बस्नाले हाड जोर्नि सम्बधी रोग पनि कम लाग्ने बताउँदै घलेले सो घर इयर कन्डिसनको साथसाथै भुकम्प प्रतिरोधात्मक समेत रहेको जनाएकी छिन् ।                       

Must View