हेटौंडा भिमफेदी कारागारमा चेतनामुलक पुस्तक तथा शंकरज्योति विद्यालयलाई कम्प्युटर हस्तान्तरण
- सबु बस्नेत मकवानपुर जिल्ला हेटौडा भिमफेदी कारागार २०७४चैत्र ११ गते हेटौंडा भिमफेदी कारागारमा करीब पाच सय कैदी हरुलाई चेतनामुलक तथा ज्ञानबद्र्धक पुस्तकहरु बितरण गरिएको छ । वरिष्ठ समाजसेवी राजेश्वरी श्रेष्ठ ले तीन सय वटा पुस्तहरु वितरण गर्नूुभएको हो । सो किताब पढ्न पाउदा त्यहाँ रहेका कैदी बन्दीहरु खुशी भएका थिए । पुस्तक वितरण कार्यमा नेपाल समाचार पत्र डेल्ली र हेटौडा सन्देश दैनिक को रोशन पराजुली र वीक्ली साप्ताहिक पत्रिकाको सम्पादक तथा समाजसेवी कमल चन्द्र सुमनले विशेष सहयोग पुर्याउर्नुुभएको थियो ।
त्यसै गरी सोही दिन समाजसेवी राजेश्वरी श्रेष्ठले हेटौंडा ११ मकवानपुर को श्री शंकरज्योति आधारभुत विद्यालयलाई दुई थान कम्प्युटर समेत निःशुल्क बितरण गर्नुभयो । कम्प्युटर विद्यालयका अध्यक्ष भरत बहादुर दर्लामी मगर र सस्थापक कमल चन्द्र सुमनलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो । यस सहयोगबाट बिद्यार्थीहरुलाई कम्प्युटर शिक्षामा सहयोग पुग्ने विद्यालयको पक्षले बताएको छ, साथै सहयोग गर्ने समाजसेवी राजेश्वरी श्रेष्ठप्रति विशेष आभार प्रकट समेत बिद्यालयले गरेको थियो ।