हिंसाको पराकाष्टा :१२ बर्षिया बालिकाको सामुहिक बलात्कार पछि मट्टितेल छर्केर आगो लगाइयो
4.3K
भारतको आसाम राज्यको नगाँउमा पाँच कक्षामा पढ्ने एक १२ बर्षिय बालिकालाई सामुहिक बलात्कारपछि मट्टितेल छर्केर आगो लगाइएको छ ।
बटदेबा थाना अन्तर्गत पर्ने लालंग गाउँमा भएको उक्त घटनामा संलग्न अभियुक्तहरुले पिडित बालिकालाई बलात्कार पछि आगो लगाई फरार भएका थिए पिडितको ९० प्रतिशत शरीर जलेको र उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बालिकाले अन्तिम शास फेर्नुअघि बलात्कारको बारेमा प्रहरीलाई जानकारी गराएकी थिईन ।
प्रहरीले उक्त घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरिसकेको छ । ती दुबै अभियुक्त नाबालक रहेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै अभियुक्तले आफ्नो अपराध स्विकार गरिसकेको प्रहरीले दावी गरेको छ ।