नागरिक पोष्ट News


चैत्रको अन्तिम सातादेखि नै खारेज हुने सरकारी कार्यालयहरु (सूचीसहित)

3.1K

 सरकारले २०७४ साल चैत २८ गतेबाट एक दर्जन सरकारी कार्यालय खारेज गर्ने भएको छ । स्थानीय निकायको चुनाव भई स्थानीय सरकार आइसकेको अबस्थामा सरकारले हरेक जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु खारेज गर्न लागेको हो । तत्काल १० वटा सरकारी कार्यालय, बिभिन्न विकास समिति र परियोजनाहरु खारेज हुने भएका छन् ।

अहिले ती कार्यालयले सम्पत्ति, कर्मचारीलगायत विवरण संकलन गर्ने काम गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।  खारेजीमा पर्न लागेका सरकारी कार्यालयहरुको काम अब स्थानीय गाउँपालिका, नगरपालिका र महानगरले गर्नेछ ।

यी हुन खारेज हुने सरकारी कार्यालयहरु

– जिल्ला प्राविधिक कार्यालय

– जिल्ला कृषि विकास कार्यालय

– जिल्ला पशुसेवा कार्यालय

– जिल्ला घरेलु तथा साना उद्योग कार्यालयरविकास समिति

– जिल्ला भू–संरक्षण कार्यालय

– जिल्ला शिक्षा कार्यालय

– जिल्ला तथ्यांक कार्यालय

– जिल्ला पर्यटन कार्यालय

– जिल्ला भूमिसुधार कार्यालय

– जिल्ला महिला तथा बालबालिका कार्यालय

– जिल्लाका सबै विकास समितिहरू

– जिल्लाका सबै प्रतिष्ठान र परियोजना

Must View