चैते दशैं / राम नवमी को धार्मिक महत्व : यसरी मनाइन्छ चैते दशै
चैते दशैं
दशैं अर्थात् नेपालीहरुको महान चाड अनि नवरात्रिका रुपमा प्रसिद्ध सांस्कृतिक महत्व बोकेको पर्व । यो चैते दशैं पनि असोज कार्तिकमा आउने मुख्य दशैंको एउटा प्रतिबिम्ब चाड हो । पुराना कथनहरुका अनुसार पहिले पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, माैसम बदली साथै दशैंको गरिष्ठ भोजन अनि हिँडडूलले धेरैजना बिरामी परेपछी दशैंलाई वर्षको मध्यमा सारीएको मान्यता छ । जे होस् जसो होस्, चैते दशैंको रौनक पनि कम छैन् । चैते दशैंलाई कतिपय ठाँउमा सानो दशैं भन्ने चलन पनि छ भने भारत, बंगलादेश अनि म्यानमारमा चैते नवरात्रि भन्ने चलन पनि छ । वास्तवमा दशैं भन्ने वित्तिकै दशमी भन्ने बुझिन्छ, तर फेरि नेपालमा दशैंको रौनक भने अष्टमीको दिन बली दिने कुराहरुमा केन्द्रित रहन्छ । दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रुपमा मनाइने चैते दशैंमा पनि मुख्य दशैंमा झै विभिन्न शक्तिपीठहरुमा पशुवली भोग दिने गरिन्छ । मर्यादा पुरूषोत्तम प्रभू श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फिर्नुुभएको मानिन्छ, आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान श्री रामले रावणको वध गर्नुभएको थियो । यसरी रावणको वध गर्नकालागि देवी दुर्गाले रामलाई मद्धत गर्नुभएको थियो, आज राम अनि दुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरिन्छ । यी सम्पूर्ण कुराहरु वहाँको १४ वर्षे वनवास भित्रै भएको थियो र आज अर्थात चैते दशैंका दिन वहाँको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथी सत्यको जितको रुपमा चैते दशैं मनाएका हुन् भन्ने सामाजिक मान्यता रहेका छन् ।
मुख्य दशैंमा झै चैते दशैंमा पनि दुर्गा पुजा गरी मिष्ठान्न भोजन चढाइन्छ । देवी मन्दिरहरुमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ गरिन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरुलाई बनाई तुल्याई खाई रमाइलो गरी चैते दशैं मनाइन्छ । आज अशोकको फूल खाने गरिन्छ । फुल खादा रोगब्याधी नष्ट हुने आम विश्वास छ ।
छोरी चेली लगायत दिदि वहिनी अनि कर कुटुम्भहरुलाई बोलाएर खुवाउने चलन रहेको छ । माशांहारीरुले माछा मासु खाने चलन छ र यसकालागि जनावरहरु वली दिईन्छ भने शाहाकारीहरुले भने घिरौला, भाण्टा , कुभिन्डो या अन्य फलफूललाई खुट्टाको टेको लगाएर वली दिने चलन छ ।
त्रेतायूगमा चैत्त शुक्ल नवमीमा जन्म लिएका यी विष्णुका अवतारको यस लोकमा आगमनको खुशियाली आज हजारौं वर्षसम्म पनि उत्तिकै उत्साह र श्रद्धाका साथ मनाईन्छ ।
अहिलेसम्मको खोज अनुसन्धान अनुसार भगवान रामको जन्म इशापूर्व ७३९३ तिर दिनको मध्यान्न समयमा भएको थियो । वाल्मिकी पुराण अनुसार भगवान रामको जन्म पाँचवटा ग्रहहरु उच्च स्थानमा रहेका थिए । रामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सवै मर्यादाको सधैं ख्याल गरेका कारण वहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो । भगवान रामको राज्य (राम राज्य) पनि न्यायकालागि नूमना मानिन्छ ।
रामलाई वैदिक सनातन हिन्दू धर्म संस्कृतिमा सबैभन्दा धेरै बढि पुजिने भगवानका रुपमा लिइन्छ । त्यहि भएर रामका भार्इहरू भरत, लक्ष्मण र शत्रुधन नाम गरेका अरु तीनजना भाईहरु थिए । भरतकी माता कैकेयीले छलपूर्वक दशरथ राजालाई परिबन्धमा पारेर रामलाई १४ बर्ष वनवास पठाएकी थिइन् । तर रामका प्रिय भक्त भएका करण भरतले पनि वनमै पुगेर रामले लगाउने चप्पल (खराउ)लाई सिंहासनमा राखेर पुजेको किंवदन्ती छ । भगवान रामका सवैभन्दा असल साथी हनुमान हुन् । रामभक्त हनुमान रावणराज्य लङ्का तहननहस बनाउने प्रमुख पात्र पनि हुन् ।
राम अनि रावणको कुरा गर्दा खेरि दक्षिणी भारत लगायत श्रीलंका अनि माल्दिभ्ससम्ममा अझै पनि रावणलाई पनि राम जत्तिकै श्रद्धा मानेर पूजा गर्ने चलन छ । रामायणले समावेश नगरेको भएतापनि रावण आँफै अत्यन्त ज्ञानी भएको अनि मर्यादा पुरुषोक्तम रामको हताबाट वध भएमा मात्र आफू बैकुण्ठलोक पुग्ने भएकाले सीताको अपहरण गरि रामलाई आफूसँग यूद्धगर्न घटना रचेको भन्ने तर्कहरु पनि छन् ।
बैकुण्ठ निवासी भगवान विष्णुका सातौ अवतारका रुपमा श्री रामले असत्यका प्रतिरुप रावणको दुराचार र अन्यायका विरुद्ध विजय प्राप्त गरेका थिए । अयोध्याका राजा दशरथका जेठा छोराका रूपमा जन्म लिएका रामले मिथिलापुत्री तथा राजा जनककी छोरी सीतासँग विवाह भएको थियो । राम र रावणको जन्म कुण्डली एकै प्रकारको रहेको थियो । फरक( रामको कुण्डलीमा कर्कट लग्न र मेष रावणको लग्न थियो । त्यहि कारण अत्याचारी रावणको वध गरी अयोध्या राज्यका रैतीहरुलाई सुखशान्ति दिएका कारण भगवान रामलाई युगपुत्रका रुपमा पुजिन्छ ।
-News Source : Hamropatro.com