जहाँ शनि र मंगल जुध्छ, त्यहाँ सामूहिक मृत्यु हुन्छ : २०७२ को भुकम्पको त्रास
नेपालका लागि २०७२ को भुकम्पको त्रास : २०७२ बैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा जन्मिएको भूकम्पको राशि कर्कट थियो । कर्कटको चाल टेडो हुन्छ र यसले विस्तारै क्षति गर्छ । नभन्दै राशिअनुसार नै वैशाख २९ मा पनि भूकम्प गयो र फेरि क्षति गरायो । पटक–पटक भूकम्प जान्छ भनेर केही ज्योतिषले भविष्यवाणी गर्नुभएको थियो, त्यसको कारण पनि त्यही थियो ।
जहाँ शनि र मंगल जुध्छ, त्यहाँ सामूहिक मृत्यु हुन्छयुवा ज्योतिष हरिहर अधिकारीसँग अश्विनी कोइरालाले कान्तिपुर साप्ताहिकमा लिनुभएको अन्तरवार्ताको मुख्य अंश :
ज्योतिष विज्ञानमा शनि ग्रह राजाको स्थान र मंगल ग्रह मन्त्रीको स्थानमा बसेका बेला जन्मिएको मानिस, जागिर (त्यो अवस्थामा जागिर सुरु भएको) वा कुनै पनि देश (स्वतन्त्र) वा देशका अङ्गहरूको निर्माण भएको छ भने ती संस्थाहरू क्षतिग्रस्त हुने कुरा लेखिएको छ । २०५९ सालमा थानकोटको प्रहरीचौकीमा माओवादीले आक्रमण गरेर १३ जना प्रहरी मारेका थिए भने उक्त घटनामा एक जना प्रहरी घाइते भए । मैले यसरी अकालमै ज्यान गुमाएका १३ तथा घाइते भएका एक जनाको कुण्डली अध्ययन गरेँ ।
एक वर्ष लगाएर गरिएको उक्त अध्ययनमा मारिने १३ जनाको जागिर सुरु हुँदा उनीहरूमा शनि ग्रह राजाको स्थानमा बसेको थियो भने मंगल मन्त्रीको स्थानमा थियो । फरक–फरक उमेर तथा फरक–फरक समयमा जागिर सुरु गरेका उनीहरूमा यो अनौठो संयोग जोडिएको देखियो, तर जो घाइते हुनुभयो उहाँको ग्रह स्थिति त्यस्तो थिएन ।
नेपालका लागि वर्ष २०७२ त्यसको कारण
माथि मैले राजाको स्थानमा शनि र मन्त्रीको स्थानमा मंगल बसेको चर्चा गरेँ । तपाईंले गत वर्षको पात्रो हेर्नुभयो भने पात्रोको बाहिरी खोलमै राजाको स्थानमा शनि र मन्त्रीको स्थानमा मंगल लेखिएको पाउनुहुनेछ । त्योवर्षको सुरुमै ठूलो संख्यामा मानिसको मृत्यु हुने संकेत थियो । ज्योतिष विद्या पढेका सबैले त्यसको आँकलन गरेका थिए, तर कसरी धेरै मानिसको एकसाथ मृत्यु हुन्छ भन्ने चाहिँ यकिन थिएन । मलाई भने भित्री मनमा कतै भूकम्प त जाँदैन भन्ने लागिरहेको थियो । त्यो किनभने मंगलले भूमिलाई संकेत गर्छ । विशेषगरी पूर्णिमाको रात समुद्रमा छाल बढ्छ । समुद्रमुनि भूकम्प गएपछि सुनामी आउने हो । यसको अर्थ के हो भने पूर्ण चन्द्रका बेला त्यसले जमिनभित्रको पानीलाई आकर्षित गर्छ । त्यसले जमिनमुनिको प्लेटलाई पनि प्रभावित गर्छ । हुन त यो मेरो तर्क हो । हाम्रो समूहले अघिल्लो वर्षको पात्रो निर्माण गर्दै जाँदा मेरो मनमा यस्तै कुरा खेलेको थियो । नभन्दै वर्षको सुरुमै भूकम्प गयो । त्यसले मेरो तर्कलाई बल पुर्यायो । यद्यपि भूकम्पले जति क्षति गर्नुपथ्र्याे, त्यो गरेन । किनभने जुन समयमा भूकम्प आयो, त्यो भूकम्प गएको समयमा कर्कट राशि चलिरहेको थियो, अर्थात् भूकम्प कर्कट राशिको थियो ।
कुरा के भने कुनै पनि कुरा कुन समयमा जन्मियो, त्यसको आफ्नै भाग्य र विधान हुन्छ । हरेक जन्मने वस्तुले आफ्नो राशि (दशा–ग्रह) बोकेर आएको हुन्छ । भाग्यवश के भयो भने ११ बजेर ५६ मिनेटमा जन्मिएको भूकम्पको राशि कर्कट थियो । कर्कटको चाल टेडो हुन्छ र यसले विस्तारै क्षति गर्छ । वैज्ञानिक अध्ययनले पनि वैशाख १२ गतेको भूकम्प तलमाथि भएर गएको थियो भन्ने देखाएको छ । अर्को कुरा, कर्कट राशिमा जन्मिएको कुनै पनि वस्तुले एकैपटकमा हानि गर्दैन, पटक–पटक फरक–फरक तरिकाले हानि गर्छ । नभन्दै राशिअनुसार नै वैशाख २९ मा पनि भूकम्प गयो र फेरि क्षति गरायो । पटक–पटक भूकम्प जान्छ भनेर केही ज्योतिषले भविष्यवाणी गर्नुभएको थियो, त्यसको कारण पनि त्यही थियो । जुन–जुन समयमा शनि र मंगल जुधे, त्यही–त्यही बेला भूकम्प जाने भविष्यवाणी केही ज्योतिषले गर्नुभएपछि आतंकको अवस्था पनि आयो । यद्यपि उहाँहरू पूर्ण रूपमा गलत हुनुहुन्नथ्यो ।
ज्योतिष हरिहर अधिकारी जम्मा २५ वर्ष पुगे, तर उनको ख्याति कुनै सेलिब्रेटीभन्दा कम छैन । फ्यान फलोइङ हेर्दा उनी प्राचीन ज्योतिष विधामा छन् भनेर पत्याउन मुस्किल पर्छ । नेपाल ज्योतिष परिषद्का प्रचार–प्रसार सचिव एवं दक्षिण एसियाली ज्योतिष महासंघका प्रवक्ता अधिकारीले अन्तर्राष्ट्रिय स्तरका दर्जनौं पुरस्कार पाइसकेका छन् । उनी श्रीलंकामा सम्पन्न १५ औं एसियन कन्फ्रेन्स अन नेसनल हेरिटेजमा उत्कृष्ट एस्ट्रोलाइजर अफ नेपाल घोषित भएका थिए । त्यसैगरी कोलकतामा भएको ज्योतिष कार्यक्रममा उनलाई ३९ औं भारत भूषण एवार्ड प्रदान गरिएको थियो । बंगलादेशमा आयोजित विश्व स्ट्रोलाइजर सोसाइटीले उनलाई ज्योतिष रत्न एवार्ड प्रदान गर्यो । उनले दिल्लीमा ज्योतिष विशारद एवार्ड तथा ज्योतिष म्यान अफ दि इयर सम्मान पनि प्राप्त गरिसकेका छन् । मरिसस, मलेसिया, सिंगापुर तथा थाइल्यान्डमा पनि उनले ज्योतिषसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका छन् । प्रत्येक दिन कान्तिपुर टेलिभिजनमा ज्योतिषीसम्बन्धी कार्यक्रम प्रस्तुत गर्ने हरिहरले ज्योतिषमा विभिन्न अनुसन्धान पनि गरेका छन् ।