बोल्दै नबोलेको कुरालाई सोसल मिडियामा कुप्रचार गरिएकोमा उपसभामुख राधिका तामाङको आपत्ती
प्रदेश नं ३ की उपसभामुख राधिका तामाङ गृहमन्त्री रामबहादुर थापासँग पक्राउ परेका मकवानपुरका ३ जना व्यक्तिहरुको विषयमा छलफल गर्न गएकी थिइन् र गाईको मासु सेवन गरेको आरोपमा पक्राउ परेका मकवानपुरका ३ जना व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न गृहमन्त्री थापा समक्ष माग समेत गरेकी छन् ।तर राधिका तामाङले गृहमन्त्री सँग बोलेको कुरालाई सोसल मिडियामा अतिरञ्जत गरिएको छ । यसरी आफुले नबोलेको कुरालाई कुप्रचार गरेकोमा उपसभामुख राधिकाले गम्भीर आपत्ति जनाएकी छिन् । यो पत्रकारीताको नम्स र धर्म नभएको समेत बताएकी छिन् ।
राधिका तामाङले गृहमन्त्री बादलसँग भेटघाटका क्रममा भनेका कुरा, जस्ताको तस्तै
प्रदेश ३ का उपसभामुख राधिका तामाङले गाईको मासु सेवन गरेको आरोपमा पक्राउ परेका मकवानपुरका ३ जना व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न गृहमन्त्री रामबहादुर थापा समक्ष माग गरेकी छन् ।
नेपाल तामाङ घेदुङले विहिबार गृहमन्त्री बादल समक्ष माग पत्र पेश गर्न पुगेका प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपसभामुख तामाङले उक्त माग गरेकी हुन् । मागपत्र पेश गर्न प्रदेश ३ का उपसभामुख तामाङ तामाङ सांसद तथा अगुवाहरु पुगेका थिए ।
धर्मरिनपेक्ष देशमा हरेक जातिलाई आ–आफ्नो सांस्कृतिक र धर्मिक परम्परा अनुसार कार्य गर्न पाउने संवैधानिक अधिकार भएकोले पक्राउ गर्ने कार्य बन्द गरिनुपर्ने भन्दै उनीहरुले मुल संविधानसँग बाझिने कानुनी ब्यवस्थाको खारेज गरी दिर्घकालिन समधान निकाल्न माग गरेका छन् ।
तामांग समुदायले ऐतिहासिक काल देखि गाई गोरुको मासु खाने प्रचलन भएकोले गाई गोरु काटेर खादा जेल हाल्ने जुन ब्याबस्था छ यसलाई परिमार्जन गरि विधिगत हिसाव बाट उनीहरु माथिको अन्याय हटाउनु पर्ने बताएकी छन् l
गृहमन्त्री थापाको निवास पुल्चोकमा तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ, घेदुङका प्रमुख सल्लाहकार कुमार योञ्जन, सांसद हितबहादुर तामाङ, ३ नम्बर प्रदेशका उपसभामुख राधिका तामाङ, पुर्व राज्यमन्त्री सुर्यमान दोङ र प्रदेश ३ का सांसद ओम ग्लान लगायत ध्यानकर्षण गराउन पुगेका थिए ।