नागरिक पोष्ट News


चक्रपथ सरसफाई महाअभियानको ५० औ हप्ता लाई पूर्व प्रधानमन्त्रीले सम्बोधन गर्ने

2.8K

 काठमाडौंको चक्रपथ सरसफाई महा-अभियानले ५०  औ हप्ता भब्य रुपमा मनाउने तयारी गरिरहेको । लोकवहादुर टण्डनको अगुवाईमा सुरु भएको चक्रपथ सरसफार्इ महा-अभियानले गत शनिवार ४९  औं हप्ता पुरा गरिसकेको छ । सफाइ अभियानले फोहोर संकलन गरि सबैमा जनचेतना समेत आव्हान गरिरहेको छ ।

प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्म फोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखानगरपालिका , नेप्सेम्याक,लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समुह ,होटल ब्यबसायी संघ , हिमालय बाताबरण सस्था , पत्रकार ,कलाकार , राजनीतिज्ञ , प्रहरी सशस्त्र प्रहरी , नेपाली सेनाको समेत सहभागिता हुने गरेको छ । बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ ।

Lok Bahadur Tandan को फोटो।

चक्रपथ सफाइको ४९ औँ हप्तामा पुग्दा चक्रपथ क्षेत्रको दायाँबायाँ सडक किनारमा सफाइ गरी फोहर व्यवस्थापन लगभग लगभग ९० % हाराहारीमा सफाइ भएको छ  । सफाइसँगै सडकको दायाँबायाँ भागमा लगाइएका फलामे रेलिङ भत्काइएको छ  । केही मानिसले सडक किनारमा व्यापार गर्दा फोहर बढेकाले काठमाडौँ महानगरपालिकाले हटाउदै छ र बाकि रहेका सामग्री पनि हटाउने निर्णय गरेको सफाइ अभियानका  संयोजक लोकबहादुर टण्डनले जानकारी दिए ।

सचिन पाण्डे को फोटो।

ग्रिनसिटी अस्पतालको सयोजनमा प्रारंभ गरिएको सफाई अभियानबाट ४९  औ हप्ता पुरा गर्दा ६०० टन  भन्दा बढी फोहोर संकलन गरिसकेको र हजारौ मानिस उपस्थिति रहेको अभियन्ता बताऊछन्  ।

चक्रपथ सरसफाई महा-अभियानले आफ्नो ५०  औ हप्तामा  पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) को प्रमुख अतिथिमा नेपाल सरकारका मन्त्रीहरुको उपस्थितिमा हजारौ मानिसहरुको उपस्थितिमा फोहोर गर्ने लाई कडा कारबाहीको माग सहित फोहोरलाई मोहोरमा  बदलौ ,भन्ने नारा सहित ग्रिनसिटी अस्पताल प्राङ्गणमा कार्यक्रम आयोजना गरिने अभियन्ता संयोजक लोक बहादुर टण्डनले जानकारी दिनुभयो  ।

Must View