नागरिक पोष्ट News


के हो राजकीय भ्रमण ? यस्ता छन् आधारभूत १० बुँदाहरु

3.5K

नेपालबाट राष्ट्र प्रमुखले गर्ने भारत भ्रमण प्रायः राजकीय नै हुन्छ । ओली, सरकार प्रमुख हुन् । कूटनीतिक तहमा राष्ट्र वा सरकार प्रमुखको भ्रमण पाँच किसिमको हुन्छ । यसमा राजकीय भ्रमण पहिलो नम्बरमा आउँछ । त्यसपछि औपचारिक भ्रमण, कार्यगत भ्रमण, निजी भ्रमण र सरकारी पाहुनाको रुपमा भ्रमण हुन्छ । अहिलेसम्म बेलायती महारानी एलिजावेद द्वितीयले २ सय ६१ पटक विदेश भ्रमण गरेकी छन् । त्यसमध्ये उनका ९६ वटा भ्रमण राजकीय रहे । विश्वमा सबैभन्दा धेरै राजकीय भ्रमण गर्ने नाम एलिजावेद नै हो ।

राजकीय भ्रमणका लागि न्यूनतम यी १० कुरा आधारभूत रुपमा हुनैपर्छ–

१. आगन्तुक पाहुनालाई सम्भव भएसम्म समकक्षीले नै स्वागत गर्नुपर्नेछ । २. आगन्तुकको सम्मानमा २१ तोपको सलामी दिइन्छ । ३. सम्बन्धित देशको सेनाले दुवै देशको राष्ट्रिय धुन बजाउँछ । राष्ट्रिय धुन बजाउँदा पाहुनाको राष्ट्रिय धुनलाई पहिलो प्राथमिकता दिइन्छ । ४. गार्ड अफ अर्नरका रुपमा उच्च सैन्य सम्मान दिइन्छ । ५. पाहुनाको औपचारिक परिचय सम्बन्धित देशका वरिष्ठ अधिकारीहरुसँग गराइन्छ । ६. दुई राष्ट्रप्रमुखबीच उपहार आदान–प्रदान हुन्छ । ७.पाहुनाका लागि देशकै तर्फबाट रात्रिकालीन खाना कार्यक्रम आयोजना गरिन्छ । ८.पाहुनाले भ्रमण गरेको राष्ट्रको विशेष स्थान, सैन्य उपलब्धी जनाउने स्थान वा राज्यको विशिष्ठ व्यक्तिको समाधिस्थल भ्रमण गर्छन् । ९. पाहुना प्रमुखका साथ सामान्यता विदेशमन्त्री पनि रहने प्रचलन छ । १०.भ्रमणको अन्त्यमा पाहुना राष्ट्रका प्रमुखले आफ्ना समकक्षीलाई आफ्नो देशको भ्रमण गर्न निम्तो दिने प्रचलन छ । सामान्यत: राजकीय भ्रमणको सबै खर्च भ्रमण गरेको देशले नै व्यहोर्छ ।

Must View