यौन दुव्र्यवहारको शिकार मोडल र हिरोइन पनि, किन बोल्दैनन् कलाकारहरु ?
यौन दुव्र्यवहारबारे मोडल र हिरोइनका खबर त ‘ओपन सेक्रेट’ नै भइसक्यो तर धेरैलाई थाहा नहुन सक्छ– संगीतकारबाटै यौन शोषण र दुव्र्यवहारमा पर्ने गायिकाको संख्या पनि कम छैन ।
अनिल यादव र स्मृति ढुंगानाले सुरको बहानामा चलिरहेको गायिकाको यौन दुव्र्यवहारको डरलाग्दो रिपोर्ट यस्तो छ :संगीतकारको घृणित हर्कत व्योहोरेकी गायिका एन्जिला रेग्मीलाई लाग्छ– यहाँ संगीतकारलाई स्वर मात्रै दिएर पुग्दैन, शरीरै सुम्पिन तयार हुनुपर्छ ।
गायिका मिना सिंहको अनुभवले भन्छ, ‘सम्मानजनक स्थानमा पुगेका संगीतकारहरु पनि गीत गाउने बहानामा गायिकाहरुको गोप्य अंग नै ताक्ने रहेछन् ।’
गायिका सरु गौतमको धारणा पनि उस्तै छ, ‘निःस्वार्थ भावनाले सपोर्ट गर्ने संगीतकार यहाँ कम छन् । सबैको आ–आफ्नै स्वार्थ हुन्छ ।’
एक्लै भेट्न आउनु है !
गायिका एन्जिला रेग्मीलाई एक जना नाम चलेका संगीतकारले काठमाडौंस्थित पुतलीसडकको कार्यलयमा यसैगरी भेट्न बोलाएका थिए । त्यतिबेला एन्जिला १७ वर्षकी मात्रै थिइन् । गीत दिने बहानासहित रेग्मीको बाबुको उमेर समानका संगीतकारले कार्यालय बोलाएर दुव्र्यवहारको प्रयास गरेको तीतो अनुभव साटिन् उनले । ‘पुतलीसडक, सेयर मार्केटनजिकै मुख्य चोकबाट थोरैभित्र अँध्यारो कोठामा रहेको कार्यालयमा पु¥याएर ती संगीतकारले हात समातेर काखमा बसाउन खोजे,’ उनले कहालीलाग्दो क्षण सम्झिइन्, ‘बाउसमान मान्छेको नियत मैले बुझिहालेँ । भोलि आउँछु, आज काम प¥यो भनेर तत्काल बाहिर निस्किएँ ।’
१२ बजेपछि...
संगीतकारले गर्ने दुव्र्यव्यवहारको पीडादायी अनुभव गायिका मीना सिंहसँग पनि छ । एकदिन उनलाई एकजना चलेका संगीतकारले साँझ पाँच बजे फोन गरेर ‘काम छ अफिस आउनू’ भने । त्यतिबेला उनको खासै कमाइ थिएन । हस्याङफस्याङ गर्दै उनी ती संगीतकारको डिल्लीबजारस्थित अँध्यारो अफिसमा पुगिन् । उनले चर्चित गायक–गायिकाको नाम लिँदै आफ्नै बखानबाट कुरा सुरु गरे, ‘फलानी चर्चित गायिकालाई मैले बनाएको हो । अब तिमी पनि त्यस्तै चर्चित बन्नुपर्छ । यो गीत मैले तिम्रा लागि सोचेर तयार गर्न लागेको हुँ । त्यसपछि त तिमी मालामाल हुन्छौ ।’
किन बोल्दैनन् कलाकार ?
हलिउड÷बलिउडमा कलाकारमाथि हुने यौन दुव्र्यवहारबारे खुलेर आवाज उठ्न थालिसकेको छ तर नेपालमा अझै कलाकारहरु खुलेर बोल्न चाँहदैनन् । थुप्रै गायिकाहरुले शुक्रबारकर्मीसँग ‘अफ द रेकर्ड’ आफूले भागेको दुव्र्यव्यवहारको अनुभव सुनाए तर खुलेर बाहिर आउन डराए । ‘हाम्रो संगीत क्षेत्र सानो छ, चलेका संगीतकार पनि थोरै छन्,’ एक गायिकाले भनिन्, ‘जति नै नराम्रो व्यवहार गरेपनि भोलि तिनैसँग काम गर्नुपर्ने अवस्था छ । त्यसैले आवाज उठाएर केही फाइदा हुने वाला छैन ।’
‘स्वर मात्रै दिएर पुग्दैन, शरीर सुम्पिन तयार हुनुपर्छ’
एन्जिला रेग्मी गायिका
कक्षा ४ मा पढ्दादेखि नै संगीतमा लागेकी एन्जिला अहिले १९ वर्षकी भइन् । दर्जनौं गीत गाइसकेकी उनको ‘कपुरी क’, ‘दिलको भित्तैमा’ लगायत गीत दर्शकमाझ हिट छन् । संगीतकर्मका क्रममा उनले संगीतकारबाट कुन हदसम्मको दुव्र्यवहार खेप्नुपरेको छ ? प्रस्तुत छ उनकै शब्दमा :
कोही–कोही संगीतकार यति खराब छन् कि सम्झँदा पनि विरक्त लाग्छ । उनीहरुलाई स्वर मात्रै दिएर पुग्दैन, पूरै शरीर सुम्पिन तयार हुनुपर्छ । धेरै गायिकाको कथा सुनेको छु, आफैँले पनि १–२ जना संगीतकारको खराब नियतलाई झेलेकी छु ।
दुई वर्ष अघिको कुरा हो । म त्यतिबेला ११ कक्षामा पढ्थेँ । भर्खर काठमाडौं आएकी थिएँ । एकजना नाम चलेको संगीतकार फेसबुकमा फ्रेन्ड हुनुभयो । म्यासेज गर्न थाल्नुभयो । अग्रज व्यक्तिले मलाई म्यासेज गर्नुभयो भन्दै म खुसीले गद्गद् भएँ ।
उहाँले म्यासेज पठाउँदा म ‘नमस्ते, सञ्चै हुनुहुन्छ’ भन्दै कुराकानी गर्थेँ । एकदिन उहाँले नम्बर माग्नुभयो । मैले दिएँ । त्यसपछि भाइबरमा म्यासेज गर्न थाल्नुभयो । भेट्नुपर्छ, काम गर्नुपर्छ भन्नुहुन्थ्यो । म १७ वर्षकी केटी, उहाँ मेरो बाउ समान उमेरको मान्छे । नेगेटिभ कुरा मेरो दिमागमा आउने कुरै थिएन । पोजिटिभ्ली नै लिएँ । ‘पुतलीसडक (काठमाडौं) सेयर मार्केट नजिकै मेरो अफिस छ, त्यहाँ आऊ न त’ भन्नुभयो । त्यो बेला म सतुंगल बस्थेँ । बिहान कलेज थियो । कलेजबाट सतुगंल पुगेर फेरि यता कामतिर धाउन गाह्रो हुन्थ्यो । त्यसैले प्रायः रेकर्डिङको काम प¥यो भने कलेज ड्रेसमै पुग्थँे । कलेजपछि म्युजिक क्लासमा जान्थेँ । एक दिन म्युजिक क्लासकै दिदीलाई ‘सेयर मार्केट ठाउँ कहाँ हो, संगीतकारलाई भेट्नुपर्ने छ’ भनेर सोधेँ । उहाँले बताइदिनुभयो । त्यहाँ पुगेर संगीतकारलाई फोन गरेँ । बाहिरसम्मै लिन आउनुभयो । अफिस एकदमै भित्रपट्टि थियो । ठाउँ पनि डरलाग्दो, अँध्यारो ! कोठाभित्र खासै केही थिएन । सरस्वती माताको पोस्टर देखेँ । खुसी लाग्यो ।
उहाँ हार्मोनियमसँगै बस्नुभयो । गीत सुनाउनुभयो । मलाई गाउन भन्नुभयो । त्यतिबेरसम्म ठीकै लागिरहेको थियो । एकछिन पछि हात समातेर आफूतिर तान्नुभयो अनि काखमा बस्न भन्नुभयो । म त ट्वाँ परेँ । बाउ समान मान्छेको नियत मैले बुझिहालेँ । त्यतिबेलै मोबाइलमा फोन आयो । फोनको बहानामा राम्रै तरिकाले ‘दाइ अहिले म जानुप¥योे, भोलि आउँछु’ भनेर बाहिर निस्किहालेँ । भोलिपल्ट म गइनँ । त्यसपछि दिनहुँ उहाँले मलाई फलो गर्न थाल्नुभयो । म्यासेज गर्न थाल्नुभयो । म सधैँ ढाट्थेँ । सुरुमा नर्मल म्यासेज गर्दा मैले वास्ता गर्न छाडेपछि उहाँले सिधै ‘हिट हुने गीत छ, म तिमीलाई दिन्छु, अफिस आऊ’ भनेर बोलाउन थाल्नुभयो ।
यो कुरा मैले मेरो ड्याडीलाई पनि सुनाए । संगीतकारको नामसहित । यहाँनेर अवसर पाउनलाई कसै न कसैलाई खुशी बनाउनुपर्छ भन्ने महसुस भएपछि म संगीत क्षेत्र नै त्यागेर अष्ट्रेलिया जाने सोचमा पुगेँ । प्लस टु दिएपछि आइएलटिएस दिएर अस्ट्रेलिया जाने निर्णयमा पुगेकी थिएँ । ड्याडीले मान्नुभएन । ‘कसैले गीत दिएको गाउनुपर्दैन, वर्षमा एउटा गीत रेकर्डिङ गर्ने खर्च मेरो भयो,’ ड्याडीले मलाई सम्झाउनुभयो, ‘यहीँ बस । तिम्रो भविष्य यहीँ छ ।’ ती संगीतकारसँग पनि स्टुडियोतिर भेट हुन्थ्यो । हुँदाखेरी ‘अफिस किन नआ’को ?’ भनेर सोधिहाल्थे । म टारिदिन्थे । एक दिन पुतलीसडकको चिया पसलमा बसिरहेको बेला ती संगीतकार बाइकमा आइपुगे । बाइक रोकेर ‘ठूलो हुने तिमी ? अफिस बोलाउँदा नआउने ? तिमीसँग म काम गर्दिन, गीत पनि दिन्न’ भने । उहाँले त्यो डायलग हान्दा म मक्ख ! अहो, कामै गर्नु परेन ! अहिले उहाँले पहिले जसरी फलो गर्नुहुन्न तर आक्कलझुकल स्टुडियोतिर भेट भइहाल्यो भने ‘काम गर्नुपर्छ है’ भन्न छाड्नुभएको छैन । सायद उहाँले बाइक रोकेर गीत दिन्न भनेको कुरा बिर्सनुभयो । यहाँ केही–केही कलाकार पनि खराब भए । उनीहरु सम्झौता गर्न तयार हुँदा पनि यस्तो प्रवृत्ति हावी भएको हो जस्तो लाग्छ । हामी सबैले दुव्र्यवहारको खुलेर प्रतिकार गर्ने, आवाज उठाउने हो भने संगीतकारले छुन त के गलत नजरले पनि हेर्न सक्दैनन् ।
‘संगीतकारको हात गोप्य अंगमा सल्बलाउँछ’ मीना सिंह, गायिका एकदिन चलेका संगीतकारले साँझ पाँच बजे फोन गरेर ‘काम छ अफिस आउनू’ भने । खासै कमाइ थिएन। हस्याङफस्याङ गर्दै उनको डिल्लीबजारस्थित अँध्यारो अफिसमा पुगेँ । उनले चर्चित गायक–गायिकाको नाम लिँदै आफ्नै बखानबाट कुरा सुरु गरे, ‘फलानी चर्चित गायिकालाई मैले बनाएको हो । अब तिमी पनि त्यस्तै चर्चित बन्नुपर्छ । यो गीत मैले तिम्रा लागि सोचेर तयार गर्न लागेको हुँ । त्यसपछि त तिमी मालामाल हुन्छौ ।’ काम चाहिएको थियो। यत्तिको गफ त पचाउनै प¥यो । मुन्टो हल्लाउँदै चुपचाप सुनिरहेँ । उनले आफ्नो इच्छा व्यक्त गरे, ‘यो अवसर दिएबापत मैले के आशा गरौं ?’ उनले भन्न खाजेको कुरा बुझिहालेँ । त्यस्तो भन्ने उनी पहिलो संगीतकार थिएनन् । चलेका संगीतकारहरुले आ–आफ्नो स्टुडियोमा गीत गाउन बोलाई महिलाहरुको गोप्य अंगमा हात पु¥याउँथे । काम नपाएर हैरान भएको बेलामा बिच्काउन चाहिन । नबुझेझैं गरेर ‘गीत गाएबापत पैसा लिन्नँ’ भनेँ । रिसले मुरमुरिँदै कोठामा फर्किए । केही दिनपछि तिनै संगीतकारले मध्यराति १२ बजे फोन गरे । फोन उठाउनुपर्ने बाध्यता थियो । काम चाहिएको थियो । ‘पुतलीसडकस्थित कुमारी क्याफेमा तुरुन्त ट्याक्सी लिएर आइहाल । यहाँ चर्चित संगीतकारहरु तिमीलाई भेट्न बसिरहेका छन्,’ फोन उठाएलगत्तै उनले भनिन्, ‘१२ बजे राति कसरी आउनु ? भोलि भेट्दा हुन्न ?’ भनँे । उनले भने, ‘गायिका र नायिकाको लाइफ राति १२ बजेपछि त सुरु हुन्छ !’ संगीतकार लक्ष्मण शेषको आवर स्टुडियोमा कामका लागि धाउँदा नेपाली संगीत क्षेत्रका हस्ती भनिएका संगीतकारको घिनलाग्दो मानसिकता अझ बढी थाहा पाएँ । समाजमा सम्मानजनक स्थानमा पुगेका संगीतकारहरु पनि गीत गाउने बहानामा गायिकाहरुको गोप्य अंग नै ताक्ने रहेछन् । मानसिक यातना दिन हिजो स्टुडियोमा फलानो साधन भेटिएको रहेछ । तिमीलाई पो शंका गरेको छ समेत भन्थे । प्रेसर दिन ‘उसले मसँग शारीरिक सम्बन्ध राखिसकेकी छ’ भनेर मेरो बारेमा अफवाह फैलाएका रहेछन् । दिनहुँ यस्ता कुरा सुन्न थालेपछि म डिप्रेसनमै पुगेँ ।’
‘छोएर बोल्न खोज्छन्’
प्रविशा अधिकारी गायिका
संगीतकारले गायिकामाथि गर्ने दुव्र्यवहारबारे धेरै सुनेको छु । सबै त होइनन् तर केही खराब नियत बोक्ने संगीतकार यहाँ छन् ।
उनीहरुको नियतमै खोट देखिन्छ । मलाई याद छ, एकपल्ट एकजना चलेकै संगीतकारको फोन आयो । फोनमा उहाँले ‘दुई–चार वटा गीत छ, अफिस भिजिट गर्नुस्, आउनुस्’ भन्नुभयो । मलाई उहाँले अफिस बोलाएकै उचित लागेन । म गइनँ । प्रायः म गीतको डेमो जिमेल, वाट्स अप अर्थात् स्टुडियोबाटै लिन्छु । पछि त्यही संगीतकारबारे अरुको मुखबाट नराम्रो कुरा सुनेँ । अफिस पनि असहज वातावरणमा छ रे ! उहाँले प्रायःलाई त्यसरी नै अफिस बोलाउनुहुन्छ भन्ने सुनेँ ।
मैले रेकर्डिङका क्रममा छोएर बोल्न खोज्ने संगीतकारहरु भेटेको छु । हात लाएर बोल्न खोज्छन् । छोएरै बोल्नुपर्छ भन्ने हुन्छ र ? मलाई त यस्तो पच्दै–पच्दैन । उसले कुन नियतले छुन खोजिरहेको छ भन्ने कुरा थाहा भइहाल्छ ।
करिअर थालेको सुरुवातका दिनमा त केही बुझिदैनथ्यो । म्युजिसियनहरु काम दिने बहानामा भेट्न बोलाउँथे तर काम दिँदैनथिए । एकपल्ट ‘फलानो तेरो पछि लागिरा’छ ’ भनेर एउटा संगीतकारको नाम जोडेर मेरा नजिकका मान्छेले मलाई सुनाउनुभयो । म त अंकल समानको मान्छेसँग नराम्रो नसोची बोल्थेँ तर त्यस्तो सुन्दा एकदमै रिस उठ्यो ।
जुन संगीतकारका बारेमा यस्ता कुरा सुनिन्छ, उनीहरुसँग भेट्दाको हेराइ, बोलाइ लगायतका व्यवहारले उनीहरु त्यस्तै छन् भन्ने छुट्टयाउन गाह्रो हुँदैन ।
‘सम्झौता नगरी टिक्नै गाह्रो’ सरु गौतम गायिका
एकजना चलेकै संगीतकार हुन्– मसँग फेसबुकमा कुरा गर्थे । सिनियर दाइ भएकाले म उहाँलाई सम्मान नै गर्थे । त्यति ठूलो मान्छेले त्यस्तो घिनलाग्दो हर्कत देखाउलान् भन्ने मैले कहिल्यै सोचेको थिइनँ । उहाँले विस्तारै फेसबुकमार्फत नै मसँग घुमाउरो पारामा जे पायो त्यही प्रस्ताव राख्न थाल्नुभयो । मैले भनेको कुरा मान्यौ भने तिमीलाई एउटा मात्रै गीत होइन, हजार वटा दिन्छु भन्दै आश्वासन दिन थाले। त्यसपछि मलाई असाध्यै रिस उठ्यो । फेसबुकमा ब्लक नै गरिदिएँ ।
यो क्षेत्रमा धेरै जोगिएर काम गर्नुपर्ने रहेछ । सबै मान्छे नराम्रा छैनन् तर १–२ जनाले गर्दा सबैको बदनामी भइरहेको छ । यहाँ स्वर मात्रै भएर पुग्दैन, सपोर्ट गर्ने मान्छे पनि चाहिन्छ । निःस्वार्थ भावनाले सपोर्ट गर्न चाहनेहरु एकदमै कम छन् । यहाँ त स्वार्थीहरु धेरै छन् । टिक्न सजिलो छैन । नेपालभित्रै स्टेज कार्यक्रमका लागि बोलाउँदा पनि घुमाउरो पाराले प्रस्ताव राख्ने गर्छन् । आफूले अंकल, दाइ भनेर सम्बोधन गर्दै बोलिएको हुन्छ तर उनीहरुको इमान्दार स्वभाव एकाएक बदलिन्छ । ‘हजुर कस्तो राम्री हुनुहुन्छ, यहाँ आएको बेला सँगै घुम्न जानुपर्छ’ भन्ने टाइपको कुरा गर्न थालिहाल्छन् । गाउन बोला’को कि उनीहरुसँग घुम्न ? बुझ्नै गाह्रो ।
‘विरोध गर्ने माहौल नै छैन’ सुशिला पाठक गायिका
मैले एकजना नाम चलेकै संगीतकारको अनौठो व्यवहार भोगेँ । उहाँले ‘मसँग यस्ता–यस्ता फिल्मी गीत छन्, भेटेर कतै घुम्न जाऊँ, गीत सुनौँ अनि खाँदै रमाइलो गरौैँ’ भन्दै प्रस्ताव राख्नुभयो ।
मैले गाउन सक्छु भने मलाई डमी पठाइदिए भइहाल्छ । यतै कतै कफी टक गर्न सकिन्छ, टाढा घुम्न किन जानुपर्यो ? उहाँको प्रस्ताव नै रिस उठ्दो थियो । उहाँको खराब नियतलाई औँल्याउन मलाई समय लागेन । मेरो गीत गाइसकेपछि हिट हुन्छौँ सम्म भनिरहेका थिए । मलाई संगीतकारहरुले मुभीको गीत धेरै सुनाउँछन् । गाउन दिन्छु पनि भन्छन् । पछि ‘यो त्यो’ भन्न थाल्छन् । मलाई ठीक लाग्दैन । यहाँ यसरी आँखा लाउने त धेरै छन्, त्यसैले आफू सजग भएर हिँड्नुपर्ने रहेछ । मलाई कसैले केही काम दिन्छ भने त्यसको बदलामा मैले के दिन सक्छु ? सक्ने मात्रै दिने हो, मबाट अरु केही हुनेवाला छैन । गायिकाहरुले आफूमाथि हुने यौन दुव्र्यव्यवहारको खुलेर विरोध गर्ने हो भने यहाँ कसैले केही गर्न सक्दैन तर माहोल नै छैन । मैले मसँग त्यसरी प्रस्ताव गर्ने संगीतकारको नाम सार्वजनिक गरिदिएँ भने भोलि मलाई मेरै साथीहरुले सहयोग गर्दैनन् । उल्टै म एक्लै हुन्छु । केही गायिका खराब भएर पनि यस्तो प्रवृत्ति देखिएको हो । संगीतकारहरुले यो पनि अरुजस्तै छे कि भनेर छड्के चेक गर्दा रहेछन् । छैन भन्ने थाहा पाएपछि फलो गर्दैनन् ।
‘मिहिनेत नगरी चान्स खोज्दा दुव्र्यवहार’ मेलिना राईं गायिका
कलाकारमाथि दुव्र्यवहार हुने खबर यहाँ मात्रै हैन विश्वभर हुन्छ । संगीतकारबाट गायिकालाई हुने दुव्र्यवहारबारे धेरैले सुनाएका छन् ।
मलाई डिरेक्ट्ली कसैले नेगेटिभ प्रस्ताव राखेको छैन । अहिलेसम्म नभोगे पनि भोलि भोग्न सकिन्न भन्न सकिँदैन ।
मैले सुनेअनुसार धेरैजसो संघर्षको चरणमा रहेका गायिकाहरु शोषित हुने गरेका छन् । कसैले यौन दुव्र्यवहार गर्छ भने सिधै विरोध गर्नुपर्छ । त्यसको प्रतिकार गर्नुपर्छ ।
मिहिनेत गर्ने हो भने एक दिन अवस्य सफल भइन्छ । कसैको दुव्र्यवहार सहेर अघि बढ्न जरुरी छैन । अहिले त झन् मिडियाको धेरै ठूलो सपोर्ट छ । मिडियाले इस्यु उठाइदिनेबित्तिकै त्यसको ठूलो प्रभाव पर्छ । जो मिहिनेत नगरी अगाडि आउन खोज्छ, ऊ बढी शोषित हुन्छ । आफू पहिला सक्षम हुनुप¥यो । मिहिनेत नगरी चान्सको पछि दौडिनेहरु शोषित हुन्छन् ।
- शुक्रबार साप्ताहिकबाट