नागरिक पोष्ट News


शसस्त्रको आइजीपी प्रतिष्पर्धामा रहेका एआइजी केसी यसकारण लोकप्रिय

6.7K

ओली सरकारको आगमनसंगै नेपाल प्रहरी र शसस्त्र प्रहरी बलमा नेतृत्व परिवर्तन हुँदैछ।  नयाँ निर्वाचित प्रधानमन्त्रीलाई सुरक्षा निकायका प्रमुखहरुले सुरक्षासम्बन्धि ब्रीफिंग गर्ने प्रचलन रहँदै आएको छ। नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री,राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिप रेग्मी र शसस्त्र प्रहरी बलका आइजीपी सिंहबहादुर श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री ओलीलाई नियुक्तिको पहिलो हप्तामै ब्रिफिंग गरिसकेका छन्

शसस्त्रको आइजीपीको प्रतिष्पर्धामा रहेका एआइजी पुष्पराम केसी संगठनमा इमान्दार एवं ब्याबसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् । चर्चामा आउन खासै नरुचाउने उनी आफ्नो कर्ममा बिश्वास गर्ने अधिकृत हुन् । चेन अफ कमाण्डमा बस्न रुचाउने उनले शसस्त्र प्रहरी बलको सांगठनिक सुधारको लागि सयौ काम गरिसकेका छन् । फौजी चरित्रका उनी पद र अवसरको लागि चाकडी नभई सत्कर्म गर्नुपर्छ भन्ने मान्यता राख्छन ।

अर्धसैनिक सुरक्षा संगठन शसस्त्र प्रहरी बलका आइजीपी सिंहबहादुर श्रेष्ठले पनि आगामी चैत २८ गते तिस बर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउदैछन। श्रेष्ठसंगै एआइजीहरु प्रेम कुमार शाही र प्रकाश ओझाले पनि चैत २८ मै अवकाश पाउदैछन् । श्रेष्ठ,शाही र ओझा  २०४४ चैत २९ गते नेपाल प्रहरीको प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेर पछि शसस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए।

उनीहरुको अवकाशपछी एआइजीहरु शैलेन्द्र खनाल, पुष्पराम केसीबिच भावी नेतृत्वको लागि चर्को प्रतिष्पर्धा हुने देखिएको छ। खनाल र केसीसंगै एआइजी भएका नारायणबाबु थापा पनि आइजीपीको दावेदार हुन् । तर थापा आफैले पनि आइजीपीको लागि चाहना नदेखाएकोले खनाल र केसीलाई नै आइजीपीको मुख्य प्रतिस्पर्धीको रुपमा हेर्ने गरिएको छ। २०४९ बैशाख १९ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा सेवा गरेका उनीहरु शसस्त्र प्रहरी बल गठन हुँदा एक तह पदोन्नती लिइ शसस्त्र प्रहरी बलमा स्थानातरण भएका थिए। उनीहरुका ब्याचमेटहरु नेपाल प्रहरीमा एसएसपी छन्।

Image result for puspam k c and sailendra khanal

दुर्जकुमार राइ शसस्त्र बलको आइजीपी हुँदा आफ्ना ब्याचमेटहरुलाई चकित तुल्याउदै सिंगल एआइजी बन्न सफल एआइजी शैलेन्द्र खनाल भावी आइजीपीको लागी चर्को राजनीतिक दौडधुपमा देखिन्छन। शसस्त्र प्रहरी बलमा चतुर खेलाडीको रुपमा परिचित खनाल काँग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन। सिंगल एआइजी भएको कारण आफु जसरीपनि आइजीपी बन्ने सोंचमा रहेका खनाल पछिल्लो समय बिकसित राजनीतिक घटनाक्रमका कारण अत्यन्तै तनावमा छन्। आठ महिना अगाडी देउवा प्रधानमन्त्री चुनिएपछी केहि बिबादास्पद ब्यापारीको दलबलसहित बधाई दिन बर्दीमै बुढानिलकण्ठस्थित देउवा निवास पुगेपछि खनालको चर्को आलोचना भएको थियो।

पद पाउनको लागि जहाँपनि जान र जेपनि गर्न तयार हुने तर आफ्नो स्वार्थ पुरा भएपछी सबै बिर्सने प्रवृतिका उनलाई “युज एण्ड थ्रो” सिद्दान्त प्रतिपादन गर्ने अधिकृतको रुपमा चिनिन्छ। चाकडीमा माहिर मानिने खनाल भारतीय दुताबासको अत्यन्तै निकट मानिन्छन। एआइजी खनालले मुलुकको सुरक्षासम्बन्धी महत्वपूर्ण सुचना भारतीय दुताबास मार्फत भारतीय खुफिया एजेन्सीलाई उपलब्ध गराउने गरेको सुचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली उनीसंग रुष्ट छन्। सर्बोच्चको फैसलाबाट अयोग्यताको बिल्ला भिरेर बर्खास्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्की निकट मानिने खनालले तत्कालिन आइजीपी दुर्ज राईलाई कार्कीमार्फत दवावमा राख्दै तत्कालिन सरकारलाई समेत गुमराहमा पारेर सिंगल एआइजी बन्न सफल भएको चर्चा समेत चल्ने गरेको छ।

खनालसंगै आइजीपीको प्रतिष्पर्धामा रहेका एआइजी पुष्पराम केसी संगठनमा इमान्दार एवं ब्याबसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन्। चर्चामा आउन खासै नरुचाउने उनी आफ्नो कर्ममा बिश्वास गर्ने अधिकृत हुन्। चेन अफ कमाण्डमा बस्न रुचाउने उनले शसस्त्र प्रहरी बलको सांगठनिक सुधारको लागि सयौ काम गरिसकेका छन्। फौजी चरित्रका उनि पद र अवसरको लागि चाकडी नभई सत्कर्म गर्नुपर्छ भन्ने मान्यता राख्छन।      

Image result for pusparam k c      

उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भावी नेतृत्व चयनका लागि प्रतिस्पर्धामा रहेका अधिकृतहरुको करियर ट्र्याक गरेर सबैभन्दा योग्य अधिकृतलाई नेतृत्व सुम्पने रणनीति बनाएका छन् । नेतृत्वमा जाने सम्भावित अधिकृतहरुबाट आवेदन लिने र उनीहरुको ट्रयाक रेकर्ड हेरेर प्रहरी नियमावली र शसस्त्र प्रहरी नियमावलीका प्रावधानलाई अक्षरशः पालना गरेर योग्यभन्दा योग्य अधिकृतलाई नेतृत्वमा लैजाने तयारी गरेको बुझिएको छ। शसस्त्र प्रहरी बलमा एआइजीमध्ये बाट रोजेर आइजीपी बनाउन सम्भव भएतापनि नेपाल प्रहरीमा गतबर्ष जस्तै डीआइजीबाटै आइजीपी बनाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ। सोहि अवस्थालाई मध्यनजर गर्दै आगामी चैत पहिलो हप्तातिर नेतृत्वमा लैजाने सम्भावित एक उम्मेदवारलाई बिशेष पद सिर्जना गरेर भएपनि एआइजीमा बढुवा गर्ने गरी गृहकार्य भईरहेको स्रोतको दावी छ। 

-Source : सुशासन News

Must View