नागरिक पोष्ट News


त्रिरत्न विद्यालयको १८ औं वार्षिकोत्सव :बालवालिकाहरुलाई देशप्रति गौरवगर्न मन्त्रीको सन्देश

3.3K

काठमाण्डौ । स्वयंभूमा रहेको त्रिरत्न आवासीय विद्यालयले  विद्यालयको १८ औं वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको आमि अफिसर कलबमा भएको कार्यक्रमका  प्रमुख अतिथी संघीय मामिला तथा प्रशासन मन्त्री लालबावु पण्डितले अभिभावकहरले आ—आफना बालवालिकाहरुलाई   शान्तिका अग्रदुत महामानव गौतम बुद्धको देश र नेपालनै विश्वमा सवैभन्दा राम्रो भएको बताउदै आफनो देश प्रति गौरव गर्न  प्रेरणा दिनको लागि अनुरोध गर्नु भयो । यसैगरि मन्त्री पण्डितले स्कुलका स—साना बालवालिकाहरुले गरेको सांस्कृतिक  नृत्यबाट नेपालको सवै भाषाभाषी जात जातिको प्रतिनिधित्व गरेको बताउनु भयो । सो अवसरमा मन्त्री पण्डितले स्कुलका शिक्षक शिक्षिकाहरुलाई सम्मान समेत गर्नु भएको थियो । यसैगरि मन्त्री पण्डितले नेपाल कोरिया सांस्कृतिक संघका अध्यक्ष तथा बुद्ध बर्न इन नेपालका अभियन्ता अक्कल तामाड।लाई स्कुलको तर्फबाट माँयाको चिनो प्रदान गर्नु भएको थियो । काठमाण्डौ महानगरपालिकाको वडा नं १५ स्वयंभुमा अवस्थित यो स्कुलले उच्च स्तरीय , गुणस्तर शिक्षासंगै विद्यार्थीहरुको अतिरिक्त कृया कलाप  सङ्गीत कला संस्कृती ,नाटक र बक्तृत्वकला आदि विधामा पनि उत्कृष्ट गदै आएको छ । 

कार्यक्रममा स—साना बालवालिका देखि ठुलठुल्ला बालवालिकाहरुले विविध सास्कृतिक कार्यक्रम गरेका थिए । यसैगरी कार्यक्रमलाई थप रोचक बनाउदै चर्चित गायिका कुन्ती मोक्तालले राष्ट्रिय भावनामा आधारित डालि डालिमा बोलको गीत र  अक्रो चर्चित गीत माथि माथि सैलुङ्गेमा बोलको गीत सुनाएकी थिइन ।  यसैगरी सोहि कार्यक्रमा संचारकर्मी तथा रेडियो नेपालका कलाकार किशोर कुमार सेढाईले भिक्षु आनी छोइङ्ग डोल्माद्धारा स्वरबद्ध “फुलको आँखामा फुल्यै संसार” बोलको गीत प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममा स्कुलमा प्रधानध्यापक राजुलामा कोन्डलले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्नु भएको थियो ।यसैगरी कार्यक्रममा प्रधानाध्यापक  कोन्डनले केडिया समुहका अध्यक्ष सुमित्र केडिया, गायिका कुन्ती मोक्तान, सङ्गीतकार शिला बहादुर मोक्तान आदिलाई स्कुलको तर्फबाट माँयाको चिनो प्रदान गर्नु भएको थियो ।

Must View