नागरिक पोष्ट News


सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितद्धारा युवा समाजसेवी व्यक्तित्वहरु सम्मानित

4.7K
संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रको चौथो वार्षिककोत्सव अवसरमा नेपाल सरकारको सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितद्धारा सामाजिक क्षेत्र र धार्मिक संस्कृति प्रवद्र्धन संरक्षण गर्ने समाजका अग्रणी महिला तथा पुरुषहरु सम्मानित भएका छन् । सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएवापत उनीहरुलाई सम्मान गरिएको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र ले जनाएको छ । युवा समाजसेवी दीपक कार्की र शोभा घिमिरे सम्मानित

विगत एक दशकदेखि महिला तथा वालबालिकको क्षेत्रमा विविध कामहरु गरे वापत युवा उद्यमी तथा समाजसेवी दीपक कार्की र शोभा घिमिरेलाई मन्त्री लाल बाबु पण्डितले सम्मान गरेका हुन् । CPC Nepal सिर्जनशील प्रवर्द्धन केन्द्र नेपाल को फोटो।

महिला उद्यमशीलता ससक्तीकरणका लागि कार्की र घिमिरले समाजमा महत्वपूर्ण योगदान पुर्याउदै आएका छन् । 

CPC Nepal सिर्जनशील प्रवर्द्धन केन्द्र नेपाल को फोटो।

सम्मानित हुनेहरुमा कलाकार डोल्मा शेर्पा, सामाजिक अभियन्ता राजेश्वरी श्रेष्ठ, इन्दिरा घले,आनी भीम लगायतका एक दर्जन धर्म संस्कृति संरक्षणमा लाग्दै आएका महिला तथा पुरुषहरु रहेका थिए ।

CPC Nepal सिर्जनशील प्रवर्द्धन केन्द्र नेपाल को फोटो।

CPC Nepal सिर्जनशील प्रवर्द्धन केन्द्र नेपाल को फोटो।

संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रको चौथो वार्षिककोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लाल बाबु पण्डितले बोक्सी प्रथा जघन्य सामाजिक अपराध भएकोले यसको अन्त्यका लागि सामजमा सचेतना अभियान फैलाउनुपर्ने बताए । साथैआध्यात्मिक ज्ञान र अलौलिक शक्तिको आडमा जघन्य अपराध गर्न कसैलाई छुट नभएको उल्लेख गर्दै यदि गरे गराईएमा दण्डित हुने भएकोले सस्तो लोकप्रियता कमाउन नभई सामाज रुपान्तरणका लागि धामी झाक्री र देउतमाताहरु नै बोक्सी कुप्रथा अन्त्यका लागि जिम्मेवार हुनुपर्नेमा मन्त्री पण्डितले जोड दिए ।  Mukunda K Dhungana को फोटो।

Must View