नागरिक पोष्ट News


 बोक्सी कुप्रथा बिरुद्ध धामी, झाक्री र देउमाताहरु अग्रसर हुनुहोस् - मन्त्री लालबाबु पण्डित

4.9K

- सबु बस्नेत

संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रको चौथो वार्षिककोत्सवमा बोल्दै सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितले समाजमा बिद्यमान बोक्सी कुप्रथा बिरुद्ध धामी झाक्री र देउमाताहरु नै खुलेर लाग्नुपर्ने बताए । ज्ञान, सीप र क्षमताबाहिर गएर काम गरे जो सुकै जुनसुकै ओहदामा रहे पनि दण्डित हुने र बोक्सी प्रथा जघन्य सामाजिक अपराध भएकोले यसको अन्त्यका लागि सामजमा सचेतना अभियान फैलाउनुपर्ने मन्त्री पण्डितले भने । 

आध्यात्मिक ज्ञान र अलौलिक शक्तिको आडमा जघन्य अपराध गर्न कसैलाई छुट नभएको जीकिर गर्दै यदि गरे गराईएमा दण्डित हुने भएकोले सस्तो लोकप्रियता कमाउन होइन, सामाज रुपान्तरणका लागि धामी झाक्री र देउतमाताहरु अग्रसर हुनुपर्नेमा मन्त्री लाल बाबु पण्डितले जोड दिए ।  Mukunda K Dhungana को फोटो।

संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रको चौथो वार्षिककोत्सवको अवसरमा धामी झाक्री र देउमाताहरुको उत्थान एवं विकास विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको थियो । अन्तरक्रियामा बोल्दै नेपाल पर्यटन बोर्डका सञ्चालक सदस्य तथा पर्यटन व्यवसायीहरुको  छाता संगठन नीट नेपालका अध्यक्ष दीपक महतले संस्कृति र संस्कार नेपाल नेपालीको पहिचान भएकोले यसको जर्गेना हामी सबैले गर्नुपर्ने बताए । धर्म संस्कृतिको नाममा समाजमा बोक्सी कुप्रथाले जरा गाडीरहेको यको अन्त्यका लागि यसका ज्ञाताहरुले नै सामाजिक संस्कार बसाल्नुपर्नेमा दीपक महतको तर्क छ ।

Mukunda K Dhungana को फोटो।

अर्का समाजसेवी तथा युवा नेता रमेश महतले धामी झाक्री र देउमताको शक्ति भएकोले धर्मप्रति कसैले आक्षेप लगाउन नहुने बताए । धार्मिक पर्यटनका लागि नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्नुपर्नेमा रमेश महतको तर्क छ । तर धर्म संस्कृति र परम्पराको आडमा समाजमा बोक्सी प्रथा बिद्यमान रहनु दुःखद भएको बताउदै महतले बोक्सी प्रथाको अन्त्यका लागि सामाजिक सचेतना अभियान  धामी झाक्री र देउमताबाटै शुरु गर्नुपर्नेमा जोड दिए ।

Mukunda K Dhungana को फोटो।

 समग्रहमा बोक्सी कुप्रथा जघन्य सामाजिक अपराध हो । यसको अन्त्यका लागि धामी र देउमाताहरुको काउन्सिलिङ आवश्यक छ । आफ्नो सीमा बाहिर गएर धर्म तथा अन्य जेसुकैको आडमा अन्धविश्वासमा भरमा बोक्सी कुप्रथाको बढवा हुने काम गर्ने जो कसैले पनि कानूनले छुट दिने छैन र दण्डित गर्नेछ । त्यसैले आजैबाट बोक्सी कुप्रथा अन्त्यका लागि सामाजिक जनचेतना अभियानमा जुटौ र लागौ ।

Mukunda K Dhungana को फोटो।

Must View