नागरिक पोष्ट News


IGP Khanal प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, यसकारण कुशल प्रहरी अधिकृत थिए

64.7K

देश र जनताको शान्ति सुरक्षाका लागि अहोरात्र खटेर छुट्टै सान बनाएका सर्वेन्द्र खनाल  सरकारको स्प्रीडमा दौडिन सक्ने एक शाहसी र कुशल प्रहरी अधिकृतको रुपमा परिचित भएका छन् ।  दृढ संकल्प र संघीयता कार्यान्वयनमा समेत गहन भुमिका खेल्न सक्ने स्मार्ट प्रहरी अधिकृत खनालले प्रशंसनीयक कामहरु गरेका छन् । खनालले देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न गरेका पहलले उहाँलाई सफल प्रहरी महानिरीक्षक (आईजी) को रूपमा हेरिएको छ ।

Image result for dig sarbendra khanal

स्वदेशी तथा विदेशी तालिम प्राप्त खनालले सिकेका ज्ञान र सीपलाई कार्यकुशलतापूर्वक प्रहरीमा लगाउन सके अझ बढी फलदायी हुने आशा आमजनमानसले गर्न थालेका छन् । अस्थायी र अस्थिर सरकार, मौलाउँदो भष्ट्रचार, विभिन्न अपराध र मानव तस्करीका विरुद्ध डटेर लड्ने सर्वेन्द्र खनाल सांगठनिक गिरोह विरद्धमा लड्दै आउनु भएको छ ।

नेपाल प्रहरीलाई कमजोर बनाउने विभिन्न व्यवधानका विरुद्ध लड्न सक्ने क्षमता भएका उहाँले आत्मविश्वासका साथ देश र जनताको लागि कार्य गर्दै आउनु भएको छ । राजनीतिक हस्तक्षेपमा पनि कर्मयोगी बनेर कार्य सम्पादन गरेका खनाल एक निड्र प्रहरी अधिकृत हुन् । २८ वर्ष लामो पेशागत यात्रामा खनालले थुप्रै महत्वपूर्ण मोर्चाको कुशलतापूर्वक कमान्ड सम्हालेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूलाई सुक्ष्म रूपमा अध्ययन गर्नेे उहाँ प्रहरीका लागि उदाहरणीय पात्र बन्नु भएको छ । देश विदेशको तालिमबाट प्राप्त ज्ञानलाई प्रयोग गरेर सम्पूर्ण प्रहरी संगठनलाई नै बलियो र चुस्त बनाउने काम उहाँबाट भएको छ । बेथिति, अपराध र गुन्डागर्दीप्रति शून्य सहनशीलता अपनाउने डीआईजी खनालले गुन्डा, डाँका, अपराधीहरूलाई तह लगाएउनु भयो । प्रहरी अपराध महाशाखा प्रमुख हुँदा खनालले काठमाडौं उपत्यकाको हप्ता असुली, अपहरण, बन्धक बनाएर वा धम्काएर चन्दा असुली कार्यलाई नियन्त्रणमा लिनु भएको थियो ।

Image result for dig sarbendra khanal

कुख्यात भारतीय अपराधी बब्लु दुबे पक्राउदेखि गुण्डानाइके कुमार घैंटेको इन्काउन्टर लगायतका सयौं ठूला अपराधहरुको सफल अनुसन्धान गरेका खनाल हाल महानगरीय ट्राफिक महाशाखाको प्रमुख हुनुहुन्छ । विद्युत चुहावटविरुद्ध उहाँले चालेको कडा अप्रेशनले कुलमान घिसिङको लोडसेडिङ अन्त्य गर्ने योजनालाई सहयोग पुग्यो । उहाँको कार्य यतिमा मात्र सीमित रहेन । म्याच फिक्सिङ गर्ने खेलाडीलाई समेत कारबाहीमा ल्याएर खनालले आफूलाई कुशल प्रहरी अधिकृतको रूपमा प्रमाणित गरिसक्नु भएको छ ।

उहाँ जस्तो कुशल नेतृत्वबाट देशले काचुली फेर्ने धेरैको अनुमान छ । वैदेशिक रोजगारी र विद्यार्थीलाई अध्ययन गर्न विदेश पठाउने बहानामा ठगी गर्ने म्यानपावर व्यवसायी र एजुकेसन कन्सल्टेन्सी पनि तत्कालीन एसएसपी सर्वेन्द्र खनालको तारो बने । डीआईजी सर्वेन्द्र खनाल जुनजुन ठाउँमा नेतृत्व लिएर बसे, त्यहाँ ठगी र गुन्डागर्दीविरुद्ध विशेष अप्रेशन चलाए । बारा र पर्सामा सीमावर्ती अपराध र ठगीमा संलग्न धेरै डाकाहरूलाई कारबाही गर्न सफल भए । उनको सक्रियताले सीमावर्ती क्षेत्र शान्त भएको थियो । भोलिका दिनमा पनि सीमा क्षेत्र सुरक्षाको मोर्चामा उहाँको दख्खल लाई प्रयोग गर्न सकिने सुरक्षाविज्ञहरुको ठम्याई छ ।

Must View