यसकारण प्रधानन्यायाधीस गोपाल पराजुली पदमुक्त भए
सर्वोच्चअदालतका प्रधानन्यायाधीस गोपाल पराजुली पदमुक्त हुनुभएको छ । न्यायपरिषदले उहाँको उमेर ६५ वर्ष साउनमा नै पुगिसकेको भन्दै उहाँलाई पदमुक्त गरेको हो । पराजुलीले ६५ वर्षे उमेर हदका कारण साउन २१ मै अवकास पाएको न्याय परिषद सचिवालयले जनाएको छ ।
न्याय परिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट आएको पत्रका आधारमा पराजुलीले साउन २१ मा नै अवकाश पाएको देखिएको परिषद्ले जनाएको छ । न्युज२४मा खबर छ ।
तर ६५ वर्ष उमेर पुगेर पदमुक्त हुनुभएका पराजुलीको जन्म मितिबारे फेरि विवाद आएको छ । परीक्षा नियन्त्रण कार्यालय सानेठिमी भक्तपुरबाट आएको पत्रमा उहाँको जन्ममिति २०११ वैशाख १३ गते उल्लेख गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयको पत्रलाई आधार मान्दा उहाँको उमेर ६३ वर्ष मात्रै हुन्छ ।
तर न्यायपरिषदले भने उहाँलाई उमेर हदका कारण पदमुक्त गरेको जनाएको छ ।