नागरिक पोष्ट News


विमान दुर्घटनाका कारण राष्ट्रिय शोक घोषणा : बिहीबार राष्ट्रिय विदा

2.8K

बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै  सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारको आकस्मिक रुपमा बसेको  बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको हो ।

 बंगलादेशको सरकारले शोक मनाउनको लागि  मार्च १५ बिहिबार दिन राष्ट्रिय शोक मनाउने गरी देशमा विदा दिएकाे हो ।

बंगलादेशको राजधानी ढाकाबाट आएको उक्त विमान गत सोमबार अपरान्ह नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुदा ५१ जनाको ज्यान गएको थियो ।

सो विमानमा चालक दलका सदस्यसहित ७१ जना सवार थिए ।

नेपालका २३ जना नागरिकले ज्यान गुमाए तापनि नेपाल सरकारले शोक मनाउने कुरामा केही बोलेको छैन ।  

Must View