नागरिक पोष्ट News


विमान दुर्घटनामा : ४९ जनाको मृत्यु, २२ नेपालीसहित, २२ घाइते - हेर्नुहोस् नामावलीसहित

4.8K

यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ ।

बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए । उनीहरु मध्ये ३३ नेपाली थिए ।

यो पनि पढ्नुस्

घाइतेको बयानः विमान जलिरहृयो, हामी गुहार माग्दै चिच्याइरहृयौं

विमान कसरी जल्यो ? यस्ता छन् ३ तथ्य

विमान बंगला दुर्घटना, हेर्नुस् १२ तस्वीर

२२ नेपालीको मृत्यु, ११ घाइते

गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालका अनुसार २२ नेपाली, २२ बंगलादेशह नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।

चालक दलका चारै सदस्यको पनि दुर्घटनामा निधन भएको छ ।

घाइते मध्ये २२ जनामा ११ नेपाली छन् । ९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक छन् भने एक घाइतेको राष्ट्रियता खुलेको छैन । तर, उनी बंगलादेशी भएको अनुमान छ ।

नेपाली नागरिक शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी निधन भएको छ ।

घाइते नेपाली नागरिक

केशव पाण्डे- मेडिसिटी अस्पताल नख्खु

दिनेश हुमागाईँ, न्यूरो अस्पताल बाँसबारी

दयाराम ताम्राकार, ग्राण्डी अस्पताल टोखा

किशोर त्रिपाठी, ग्राण्डी अस्पताल

हरिप्रसाद सुवेदी, ग्राण्डी अस्पताल

विनोद पौडेल, ग्राण्डी अस्पताल

वसन्त बोहरा, नर्भिक अस्पताल थापाथली

आशिष रञ्जित नर्भिक

सनम शाक्य, नर्भिक

प्रिन्सी धामी,  केएमसी

सबिना व्यञ्जनकार, केएमसी

Must View