यसरी भयाे युएस बंगला दुर्घटना : ५० भन्दा बढी यात्रुको मृत्यु भएको, नामावली सहित (हेर्नुहाेस् भिड
दुर्घटनाग्रस्त युएसबंगलामा सवार मृत्यु भएको यात्रुहरुको संख्या ५४ जना पुगेको छ । नेपाल प्रहरी प्रवक्ता मनोज न्योपानेले दिएको जानकारी अनुसार नेपाली यात्रुहरु नाम यसप्रकार छ । हालसम्मकै ठूलो मानिएको विमान दुर्घटना के कारणले भएको हो भन्नेबारे अहिले सबैमा खुल्दुली बढेको छ ।
प्रारम्भिक अनुसन्धानबाट विमानस्थल र विमान चालक दलबीचको कुरा बुझाबुझमा बमजोरी हुँदा दुर्घटना भएको अनुमान गरिएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीकै भनाईमा यसरी भएको थियो दुर्घटना :
– विमानस्थलले जिरो टु बाट अवतरणका लागि अनुमति दियो । – यो भनेको विमानस्थलको उत्तरतिरबाट अवतरण गर्ने अनुमति हो । – पाइलटले जानेर वा अनजानमा टु जिरोबाट अवतरण गराउन खोजे । – गलत दिशातिरबाट अवतरण गराउन खोजेपछि विमानस्थलले ‘केही समस्या छ भनेर सोध्यो ?’ – त्यसपछि विमान आकाशमा नै दुई फन्को लगायो । – फेरि टावरले ‘आर यु ओके ?’ भनेर सोध्यो । – पाइलटले ‘वि आर ओके’ भन्यो । – तर, पनि विमानको अलाइन्मेन्ट मिलेको थिएन । – त्यसपछि जिरो टुबाट ल्याण्ड गराइयो । – विमान नेपाली सेनाको ह्याङ्गर नजिकबाट चिप्लिएर धवनमार्ग बाहिर गयो । – त्यहाँ पार्किङ गरिएका विमानलाई केही भएन । – तार भत्काउँदै खाल्डोमा गयो ।
– हामी विमानको गलत अवतरणमा स्टान्डबाई थियौँ । – तत्कार उद्दार शुरु भयो । – साढे चार बजेसम्म उपचारका लागि अस्पताल पठाइएका २५ जना मध्ये ८ जनाको मृत्यु भएको छ । दुई जना सामान्य उपचारपछि घर गए ।
३१ जना नेपाली यात्रु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको जहाजमा ३१ जना नेपाली भएको जानकारी आएको छ । विमान चालक दलसँगै ७१ रहेको यात्रु रहेका थिए । ७१ मध्ये ३७ जना पुरुष र बाँकी महिला तथा बालबालिका भएको विमानस्थलले जानकारी दिएका छन् ।
जहाजका ७१ यात्रुमध्ये २८ जनाको मात्र उद्धार गरेर अस्पताल लगिएको जानकारी दिएका छन् । उद्धार गरिएका २८ मध्ये कति नेपाली छन् यकिन छैन । उद्धार गरेर अस्पताल लगिएका ८ यात्रुको मृत्यु भैसकेका छन् ।