नागरिक पोष्ट News


डा. योगी विकासनन्दले मनोक्रान्ति पावर यसरी देखाएपछि - भिडियो फोटोफिचरसहित

7.2K

३१ औ मनोक्रान्ति दिवसमा डा. योगी विकासनन्दले मनोक्रान्तिको पावर शब्दको शक्ति कल्पनको शक्ति, कर्मको शक्ति भनेर प्रष्ट्याए । मनोक्रान्ति केन्द्रले ‘अध्यात्म, स्वास्थ्य र सफलता’लाई आफ्नो अभियानका रुपमा विकास गरेको छ । आज आयोजना भएको स्थापना दिवसको अवसरमा मनोक्रान्तिका डा. योगी विकाशानन्दले स्वस्थ जीवनका लागि योग र ध्यान अनिवार्य रहेको बताए । उनले कार्यक्रममा सहभागिहरुलाई सामुहिक योग अभ्यास गराउनुका साथै ध्यान, योग प्रणायमले दिने आन्तरिक शक्तिहरुको प्रदर्शन समेत गरेका थिए ।

३१ औं मनोक्रान्ति दिवसको उपलक्ष्यमा डा. योगी विकासानन्दसंगै मञ्चमा रहेका रेग्मीले नेपालका चर्चित अनुहारसहित हजारौं सर्वसाधारणलाई योग गराएका हुन् । योग गर्नेहरुमा चर्चित लेखक एवं टिप्पणीकार खगेन्द्र संग्रौला, नाट्यकर्मी अशेष मल्ल, गायक आनन्द कार्की पनि थिए । चर्चित अनुहारले योग गरिरहँदा वातावरण मन्त्री लालबाबु पण्डीत भने मुसुमुसु हाँस्दै रेग्मीले योग गरेको हेरिरहेका थिए । 

मनोक्रान्ति दिवसको अवसरमा डा. योगी विकासानन्दको ८७ औं पुस्तक सफल बिमोचन भएको थियो । पुस्तक बिमोचन गर्दै वातावरण मन्त्री लालबाबु पण्डीतले आफू मन्त्रालयको काम छाडेर एकै क्षण भए पनि डा. योगी विकासानन्दसँग स्वास्थसम्बन्धी टिप्स लिन आएको बताउनु भयो । 

कार्यक्रममा डा. योगी विकासानन्दले हाँस्यप्रधान प्रस्तुतिका साथै विभिन्न किसिमका आसन र त्यसका फाइदाका बारेमा प्रस्तुति दिएका थिए ।

जावलाखेलको खुला चौरमा भएको उक्त कार्यक्रममा उपस्थित हजारौं व्यक्तिहरुका बीचमा गायक आनन्द कार्कीले गीत गाएका थिए भने खगेन्द्र संग्रैलाले आफू नियमित योग गर्ने बताएका थिए । 

३१ वर्षअघि डा. योगी विकासानन्दले स्थापना गरेको मनोक्रान्ति अभियानले ध्यान, योग, प्राकृतिक स्वास्थ उपचार एवं माइन्ड टेक्नोलोजीसम्बन्धी काम गरिरहेको छ । यो संस्थाबाट प्रत्यक्ष–अप्रत्यक्ष गरि १३ लाख भन्दा बढि व्यक्ति लाभान्वित भएको विश्वास गरिन्छ भने सक्रिय सदस्यको संख्या हजारौं छ । यसअघि केन्द्रीय कार्यलयमा मनाउने गरिएको मनोक्रान्ति दिवस २०७४ सालमा पहिलोपटक सार्वजनिक स्थल जावलाखेलको खुलास्थलमा सम्पन्न गरिएको छ । 

Must View