बिक्षिप्त छ, पदयात्रामा एमबीबीएस छोरी गुमाएको काठमाडौको एक उप्रेती परिवार
डाक्टर बनेर मृत्यु चिहाइरहेका वा त्यसको जोखिममा परेका जीवन फर्काउने धोको थियो, दिपीना उप्रेतीको र बाँकी समय सामाजिक सेवामा आफूलाई समर्पित गर्न चाहना पनि।
तर दुर्भाग्य, आफ्नोभन्दा पनि अरुको खुसीमा आफूलाई समाहित गर्न मन पराउने टोखा- ५ की २१ वर्षीया दीपना उप्रेतीको त्यो धोको र चाहना कास्कीको मर्दी हिमालले अपत्यारिलो ढंगले खोसिदियो सँधैका लागि।
‘हिम्मतवाली थिइन् मेरी छोरी, भगवानले चाँडै चुँडिदिए’त्योसँगै टोखा नगरपालिकाकी वडासदस्य आमा कल्पना घिमिरे, बुवा ज्ञानीप्रसाद उप्रेतीको परिवार र उनको गाउँको खुसी र मुलुक विकासको एउटा चम्किलो तारा अस्ताएको छ, कहिल्यै नझुल्किने गरी।
मणिपाल मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षको अध्ययनको तयारीमा थिइन् उनी।घुम्नु, खेल्नु उनका सोख थिए।
केही दिनको छुट्टी थियो। पाँचजना साथीसँगै बुधबार मर्दी हिमालतर्फ लागेकी थिइन् उनी। जति माथि पुग्थिन्, त्यत्ति नै खुसी हुन्थ्यो उनको मन।
दीपना उप्रेती।
पदयात्राको गन्तव्यमा पुगेपछि सबैभन्दा पहिले दीपनाले बुवालाई फोन गरेर त्यो खुसी साटेकी थिइन्, ‘बावा, म ठीक छु, साथीहरुको अघिअघि हिँडिरहेको छु, निकै रमाइलो थियो।’ बुवाले सम्झाएका थिए, ‘साथीलाई छोडेर एक्लै नहिँडनू, समूहमै हिँडनू। तिमी हराउन सक्छौ।’
छिटो हिँड्ने बानी उनको, दीपना बोल्दै अघि हिँड्न थालिन् तर एकैछिनमा उनको आवाज पातलियो। बास बस्ने ठाउँ पुगिसकिन् कि भन्ने ठम्याइ साथीहरुको थियो।
बास बस्ने ठाउँ पुग्दा दीपना थिइनन्, रात छिप्पिसकेको थियो।
रातभरि उनको कुनै पत्तो लागेन। खोजखबर गर्न सकिएन। छोरी हराएको खबर पाएर काठमाडौँसम्म पुगिसकेको थियो।
बल्ल बिहानमात्र उनको खोजीमा उद्धार टोली उनले हिँडेको बाटो पछ्याउँदै उकालो चढ्यो।
दुर्भाग्य, दीपनालाई जीवित फेला पार्न सकिएन। उद्धार टोलीले आइतबार बिहान बासस्थलबाट केही टाढा ‘ट्रेकिङ रुट’ भन्दा करिब सय मिटर तल खोँचमा उनलाई मृतअवस्थामा फेला पार्यो।
-Source : Monsoonmedianepal.com
दीपनाका बुबा, आमा, भाइ र दीपना।