नागरिक पोष्ट News


फ्रस्ट एण्ड सलीभन फ्लागसीप” सम्मेलन २०१८ : व्यापारिक अवसर तथा प्रविधिप्रतिको सारसंक्षेप

3.5K
          फ्रस्ट एण्ड सलीभन “फ्लागसीप” सम्मेलन २०१८ को अवधारणा

विगतका केही वर्षहरूमा विश्वव्यापी रूपमा बद्लिँदो वातावरण तथा डिजिटल उतार चढाव प्रति दक्षिण एशियाले लचकता देखाउँदै आएको छ । विश्वको सबैभन्दा धेरै जनसंख्या भएर पनि अति कम विकसित क्षेत्रहरू मध्येको एक दक्षिण एशियाली क्षेत्रले लगानी, अवसर, नवीनततथा वृद्धिको सन्दर्भमा उच्च सम्भावना दर्शाएको छ । लगानीको यही उच्च सम्भावनालाई दृष्टिगत गर्दै फ्रस्ट एण्ड सलीभनले आफ्नो “फ्लागसीप” सम्मेलन वृद्धि, नवीनता तथा नेतृत्व सम्बन्धी दक्षिण एशियाली सम्मेलन २०१८ यही चैत्र १ गते (तदानुसार मार्च १५, २०१८) मा काठमाण्डौँ स्थित सोल्टी क्राउन प्लाजामा आयोजनागर्ने तयारी पूरा गरेको छ । यो मञ्चले परिकल्पना सहितको नवीनताको यात्रा – डिजिटल रूपान्तरणः व्यावसायिक तथा सामाजिक प्रभावको अर्को चरणको लागि मार्ग प्रशस्त गर्नेछ । 

फ्रस्ट एण्ड सलीभनले दक्षिण एशियाली मुलुकहरूको व्यापारिक अवसर तथा प्रविधिप्रतिको “फ्लागसीप” सम्मेलनमा चर्चा गर्ने भएको छ ।  निरन्तर परिवर्तन भइरहेको व्यावसायिक वातावरणमा वृद्धि, नवीनता तथा नेतृत्वसम्बन्धी दक्षिण एशियाली सम्मेलन २०१८ले रणनीतिक योजना, नीति, व्यापारिक मोडलहरूको समेत सम्मेलनमा छलफल हुनेछ । 

सम्मेलनका एजेण्डाहरु

यो कार्यक्रममा विश्वले हेर्न चाहेको परिवर्तनका संवाहकको रूपमा विभिन्न सम्मानित संस्थाहरूको प्रतिनिधि, विज्ञ नेतृत्व तथा नवीनताका प्रवद्र्धकहरूको उपस्थिति रहनेछ । दक्षिण एशियामा दिगो आम्दानी तथा वृद्धिका लागि डिजिटल रूपान्तरणसँग सम्बन्धित ठोस रणनीतिहरूको कार्यान्वयन गर्न व्यापारिक संस्थाहरूका लागि नवीनता कसरी जरुरी भएको छ भन्ने विषयमा उक्त सम्मेलनले मन्थन् गर्नेछ । 

दक्षिण एशियामा उदीयमान नयाँ वृद्धिका मञ्च तथा व्यापारिक मोडलहरूका विषयमा फ्रस्ट एण्ड सलीभनका विश्व अध्यक्ष तथा प्रबन्ध साझेदार, अरूप जुट्सीले भन्नुभयो, “आजको समयमा संस्थाहरूका लागि डिजिटल रूपान्तरण सम्बद्ध ठोस रणनीतिहरू कार्यान्वयन गर्न जरुरी भइसकेको छ । दक्षिण एशियाले ठूलो सम्भावना देखाएको छ, र डिजिटल प्रविधिको प्रवेशले वृद्धिलाई बढावा दिनुका साथै अवसरहरूलाई अझविस्तृत बनाउँनेछ, जसले यो क्षेत्रको विकासको गतिलाई बढावा दिनेछ ।”

औद्योगिक क्षेत्रका विषय विज्ञ तथा वरिष्ठ प्रतिनिधिहरूको आर्थिक रूपान्तरण तथा समायोजन – दक्षिण एशियाको वृद्धि तथा लगानीका अवसरहरूको विषयमा हुने प्रस्तुतिसँगै सम्मेलन शुरु हुनेछ । औद्योगिक क्षेत्रका विज्ञहरूले बजारको हालको अवस्थाका बारेमा बुझ्न सहयोग गर्नका लागि दक्षिण एशियामा लगानीको गतिका विषयमा मन्थन् गर्नेछन् । यो सत्रले विभिन्न उद्योगहरूमा प्रभाव सहितको पुँजी तथा वृद्धिलाई विस्तार गर्दा आईपर्ने चुनौति तथा अवसरलाई पहिचान गर्नेछ । यो सत्रमा निम्नानुसारका अभियन्ताको उपस्थिति रहेनछः 

  • . सुरज वैद्य, अध्यक्ष, सार्क–चैम्बर अफकमर्श एण्ड इन्डष्ट्री 
  •    निर्वाण चौधरी, प्रबन्धनिर्देशक, सिजीकर्प ग्लोबल 
  •    डा. उपेन्द्र महतो, गैर–आवासीय नेपालमहासंघका संस्थापकअध्यक्
  • जुबैर अहमदमलिक, कार्यकारी सदस्य, सार्क–चैम्बर अफ कमर्श एण्ड इन्डष्ट्री तथा भूतपूर्व अध्यक्ष, उद्योग वाणिज्य महासंघ, पाकिस्तान
  •  डाशो उगेन सेछुप दोर्जी, भूतपूर्व अध्यक्ष, सार्क–चैम्बर अफकमर्श एण्ड इन्डष्ट्री
  •  सर्वन्त सिंह, कार्यकारी सदस्यतथावरिष्ठ साझेदार, फ्रस्ट एण्ड सलीभन

नेतृत्व  सम्मान डा. सन्दुक रुइतलाई

यो वर्ष फ्रस्ट एण्ड सलीभनले तिलगङ्गाआँखा अस्पतालका डा. सन्दुक रुइतलाई मितव्ययी स्वास्थ्य सेवामार्फत सामाजिक प्रभावका लागि“२०१८ः जिआइएल नेतृत्व सम्मान”बाट सम्मान गर्नेछ । मोतीविन्दुका लागि सानो शल्यक्रियाद्धारा एशिया तथा अफ्रिकाका १ लाखभन्दा बढी मानिसहरूको आँखाको ज्योति फर्काउने काम डा. रुइतले गरेका छन् ।उनी तिलगङ्गा आँखा अस्पतालका एक सह–संस्थापक पनि हुन । यो सम्मानले विश्वव्यापी रूपमा परिचित नेतृत्वदायी भूमिकामा रहेका र व्यक्तिगत योगदान तथा सम्बद्ध उद्योगमा गरिएको प्रसायहरूका साथै महत्वपूर्ण सामाजिक प्रभावमार्फत आफ्नो पेशागत जीवनमा वृद्धि, नवीनता तथा नेतृत्वलाई अगाडि बढाउने व्यक्तित्वहरूलाई कदर गर्दछ ।  

प्यानल छलफलमा सहभागी व्यक्तित्वहरु

सार्क युवा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष तथा ज्योति समूहका निर्देशक तथा स्याकार कम्पनीका अध्यक्ष सौरभ ज्योति, आइएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकाल, वल्र्ड इनोभेसन फोरम, स्वीजरलेण्डका देशगत राजदूत सजित अमित जस्ता प्रवृद्ध व्यक्तिहरू रहने प्यानल तथा अन्य विभिन्न नेतृत्व तहमा रहेका व्यक्तित्वहरूसँगको प्रश्नोत्तर सत्रहरू समावेश हुने यस सम्मेलनले निम्न कुराहरूमा मन्थन गर्नेछ :

  •   दक्षिण एशियाको परिकल्पनाः डिजिटल अर्थतन्त्र
  •   ठूला विश्वव्यापीप्रवृत्तितथाव्यवसाय, समाजतथा संस्कृतिमायसको प्रभाव – दक्षिण एशियाकालागियसको कस्तो अर्थ लाग्छ 
  •  फिनटेक – उदीयमानआर्थिक विकासको उत्पे्ररक 
  • ट्रान्सह्युमेनिजमःमानवताको भविष्य

ग्लोबल स्टार्टअप अवार्ड– सार्कका सह–संस्थापक जेरिक लिन्स् जन, वान टु वाचका निर्देशक विलेम ग्रिमिनिक, र जेन्डो इनोभेसन्स्का, श्रीलङ्काका लगानीकर्ता विनोद समरा विक्रमा डिस्रप्सन एण्ड इनोभेसनः स्टार्टअप ट्रान्सफर्मिङ्ग विजनेस मोडल थ्रु डिजिटाइजेसन सत्रमा सहभागी हुनेछन् । उनीहरूले स्टार्टअपको वातावरण, रूपान्तरणीय नवीनता अपनाउने उद्यमीको विकास तथा विस्तार गर्न सकिने व्यापारिक मोडलको सफलताका लागि आवश्यक पर्ने मुख्य पक्षहरूको बारेमा छलफल गर्नेछन् । 

फ्रस्ट एण्ड सलीभनले दक्षिण एशियाका सबैभन्दा नवीनतम् कम्पनीहरूलाई पनि चैत्र १ गतेको साँझमा हुने २०१८ सफलतम् अभ्यास सम्मान बैंक्वेट मार्फत गर्नेछ । सो कार्यक्रमले निकट भविष्यमा उद्योगहरूलाई रूपान्तरण गर्ने तथा उत्प्रेरकको काम गर्ने गरी नवीनता तथा उन्नत प्रविधिको क्षेत्रमा उनीहरूले हाँसिल गरेको उपलब्धीलाई कदर गर्नेछ ।

कार्यक्रम रणनीतिक साझेदार संस्थाहरु

सार्क चैम्बर अफकमर्श एण्ड इन्डष्ट्री, स्वर्ण साझेदार – एमएस समूहतथासिएएस, रजत साझेदार – इन्टरनेश्नल मनिएक्सप्रेस र प्रिस्टेलर भेन्चर्स्, एयरलाइन साझेदार – कतार एयरवेज, सहयोगी साझेदार – एम. नेपाल लि., मिडिया साझेदार – इकान्तिपुर तथा काठमाण्डौँ पोस्ट, तथा अन्तर्राष्ट्रिय मिडिया साझेदार – टेक्नोलोजी टाइम्स्, पाकिस्तानको सहयोगमा आयोजना हुन लागिरहेको हो । 

फ्रस्ट एण्ड सलीभनको बारेमा

फ्रस्ट एण्ड सलीभन एउटा वृद्धि साझेदार कम्पनी हो । यसले विश्वव्यापी चुनौतिहरूलाई सम्बोधन गर्ने र आजका बजारका सहभागीहरूलाई अवसरहरू प्रदान गर्ने जस्ता दूरदर्शी र सृजनात्मक कार्य गर्न आफ्ना ग्राहकहरूसँग सहकार्य गर्दछ । विगत ५० बर्ष अघिदेखि हामी १००० बढी विश्वव्यापी, नयाँव्यापार, सार्वजानिक क्षेत्र र लगानीकर्ता समुदायहरूकालागि वृद्धिका रणनीतिहरू विकास गर्दै आइरहेका  छौँ । 

मिडिया सम्पर्क   सरिता श्रेष्ठ,

कर्पोरेट कार्यक्रम संयोजक

फोनः +९७७ - १ ४२८८६६३, ४२८६१७३   

Must View