नागरिक पोष्ट News


पर्सा जिल्लाकी ८ वर्षिय बालिका बलत्कारको घटना,सर्वत्र उठेको प्रश्न बलात्कारीलाई फाँसी कहिले ?

2.5K

– प्रतिमा सिलवाल/ महिला खबर 

 पर्सा जिल्लाकी ८ वर्षीया बालिकाको अबोधपनको फाइदा अपराध कर्म गर्नेले उठाए । फाइदा उठाए के भन्नु ! कालो कर्तुत गरेर एउटी बालिकाको बालापन लुटे । स्वतन्त्रता लुटे, चुलुबुले पना लुटे । सिंगोमा जीवनै लुटे ।

बलात्कारीलाई फाँसी कुरिरहेका एक बुबा

एउटा छोरीको बाबु राजधानीको एउटा अस्पतालको बेडमा छट्पटाइ रहेकी बलात्कृत ८ वर्षे छोरीको अस्तित्व खोजिरहेको छ । अब त्यो छोरीको अस्तित्व यो समाजले सहज स्वीकारदैन ।

घटना थियो १६ फागुनको । बालिकाको उद्दारमा संलग्न अधिकारकर्मी साबित्री सुवेदीका अनुसार सुरुमा बालिकाले ३ जनाले बलात्कार गरेको बताएकी थिईन् । सुनिल साह, मनोज सहनी र शनि भनिएका व्यक्तिले बलात्कार गरेका बताएकी थिईन् ।

घटनाको भोलिपल्ट बाबुले तिनै जनाको नाममा किटानी जाहेरी दिए पनि प्रहरीले उक्त जाहेरी दर्ता गरेन । १७ फागुनमा पक्राउ परेका मनोजलाई छाडिदियो । अहिले प्रहरी हिरासतमा पोखरिया नगरपालिका वडा नम्बर ४ घर भएका सुनिल साह छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी राजन लिम्बु मनोज घटनामा संलग्न भएको नखुलेको कारण उसलाई छाडिदिएको बताउँछन् । प्रहरीले पक्राउ परेका साहलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

Click VIDEO

बलात्कृत आठ वर्षीया बालिकाको ग्रीनसिटि अस्पतालमा  निशुल्क उपचार हुदै

Aअचेत फेला परेकी बालिकालाई आफन्तले बीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्याएपछि उनी माथी बलात्कार भएको चिकित्सकहरुले प्रमाणित गरेका थिए। बालिकाको अवस्थामा चिन्ताजनक रहेको र सोही अस्पतालले थप  उपचारको लागि काठमाडौं पठाएको छ। हाल बालिकाको उपचार काठमाडौंको ग्रीनसिटि अस्पतालमा भैरहेको छ ।

बालिकाको शरीरको विभिन्न स्थानमा घाउ लागेको तथा उनको गोप्य अंगमा समेत गहिरो घाउ भएको उपचारमा संलग्न डा.रुपा झा ले  बताइन । अस्पतालमा भर्ना भएकी बालिकाको स्वास्थ्यस्थिति खतरामुक्त  रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

ग्रीनसिटि अस्पतालका अध्यक्ष लोक बहादुर टन्डनले भने यी ८ बर्षीय बालिकाको सम्पूर्ण उपचार खर्च हस्पिटलले निशुल्क गरिदिने भन्दै   ‘‘निकै दुख लाग्दो र गम्भीर अपराधिक घट्ना हो यस्ता  बलात्कारिलाई राज्यले कडा भन्दा कडा कानुन बनाई अपराधिलाई कारबाही गर्नुपर्छ । टन्डनले समाजमा  बलात्कारी भन्दा बलात्कृत लज्जित हुनुपर्ने अवस्था छ । योजतिको लाजमर्दो अवस्था अरु के होला ?

Must View