नागरिक पोष्ट News


डन मनोज पुन इन्काउण्टरमा मारिए, अन्तत पुनको अपराध यात्रा यसरी समाप्त भयो

5.9K

तीन ठूला हत्याकाण्डमा संलग्न गुण्डा नाइके मनोजबहादुर बुढामगर उर्फ मनोज पुन अन्ततः प्रहरी इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीको देवदहमा पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन् ।

एसएसपी दीपक थापाका अनुसार उनीहरु नेपाल आएको सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीले पत्ता लगाएपछि सर्च अभियान चलाएको थियो । 

त्यसक्रममा 2074 फाल्गुन ९ गते  बुधबार बिहान करिब साढे ३ बजे प्रहरी र उनीहरुबीच देवदह–४, भवानीपुरमा जम्काभेट भयो । र, दोहोरो फायरिङ हुँदा उनीहरुको मृत्यु भएको रुपन्देहीका एसपी श्याम ज्ञवालीको दाबी छ ।

झण्डै दुई वर्षअघिदेखि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका पुन अन्डरवर्ल्डको शैलीमा एकपछि अर्को आपराधिक घटना मच्चाउँदै व्यवसायीलाई धम्क्याएर असुली गरिरहेका थिए । उनी अन्डरवर्ल्डको शैलीमा घटनालगत्तै प्रहरी वा सञ्चारकर्मीलाई फोन गरेर जिम्मेवारी लिन्थे ।

४ पुस ०७३ मा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेपछि चर्चामा आएका मनोज पुनले २१ पुस ०७४ मा तिवारीका साथी बलु पौडेललाई गोली प्रहार गरे ।  उनले भारतमै बसेर रुपन्देहीका तिवारी र पौडेलको हत्या योजना बनाएका थिए । २३ असोज ०७४ मा भएको निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा समेत उनको संलग्नता रहेको प्रहरी बताउँछ ।

को हुन् पुन ?

पुनको अपराध यात्राः वाईसीएल, युथफोर्सदेखि अन्डरवर्ल्डसम्म

Must View