नागरिक पोष्ट News


सफलताका सुत्रहरु, जसले जीवनमा आमुल परिवर्तन ल्याउन सक्छ !

6.2K

सबै मानिसहरु सफल बन्न चाहान्छन् । केही परिस्थिति र बाध्यताहरुले गर्दा मानिसलाई असफलता हात लाग्ने हो । असफलताले मानिसलाई पीडा, दिक्दारी, हैरारी, चिट्चिटाहटले सताएको हुन्छ । जसले गर्दा समस्या पैदा गर्छ । यस्तो समस्याबाट मुक्ति पाउनका लागि केही प्रेरक भनाइहरु छन् । जसले तपाईलाई महत्वपूर्ण प्रेरण मिल्न सक्छ । ती केही प्ररक भनाईहरु यहाँ उल्लेख गरिएको छन् ।

१. अकृतज्ञलाई पुरै पृथ्वीको साम्राज्य दिएपनि प्रसन्न हुदैन । – संस्कृत उक्ति

२. जो कृत छ उसलाई अकृत बनाउन सकिदैन । – सेक्सपियर

३. मानवले मानवमाथी गर्ने अत्याचारले असंख्य मानीसहरुलाई दुखमा धकेलिदिन्छ । – रवर्ट बन्स

४. अधिकारले भ्रष्ट बनाउदछ र पूर्ण अधिकारले पुर्णत भ्रष्ट बनाउदछ । – लर्ज एक्टन

५. अन्तज्र्ञान दर्शनको एकमात्र कसौटी हो ।– शिवानन्द

६. यो मस्तिष्क नै हो जसले संसार बनाउदछ । संगसंगै उभिएर पनि तिमी के हेर्दै छौ त्यो मेरो आँखाले हेर्न सक्दैन र तिम्रो हृदयको अनुभुतीबाट मेरो हृदय प्रभावित हुदैन । – जर्ज गिस्सिङ

७. अनुहार चम्काउ, त्यहीँ सौन्दर्य बसेको छ । संसारले तिमीलाई बाँकी सवै कुरामा साथ दिनेछ ।– चाल्र्स चर्चिल

८. जस्तो भए पनि विहे गर । पत्नी असल मिले तिमी खुसी हुनेछौ, खराब मिले दार्शनिक । – सुकरात

९. मैले भगवानसँग बाइक मागे तर मलाई थाहा भयो भगावनले सोझै दिदैनन् यसर्थ मैले एउटा बाइक चोरे र भगवानसँग क्षमा मागे । – एमो फिलिप्स

१०. लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ । – अज्ञात

११. सधै दश्रो व्यक्तिको अन्त्येष्टीमा जानु, आन्यथा उ तपाईको अन्त्येष्टीमा आउनेछैन । – योगी बेरा

१२. जो भुइमा सुत्दछ ऊ खाटबाट खस्न सक्दैन । – रोबर्ट ग्रोनाको

१३. अमेरिका यस्तो देश हो जहा आधा पैसा खानामा खर्च गरिन्छ आधा पैसा मोटोपन घटाउनमा । – अज्ञात

१४. विहे गर्नुपूर्व बच्चा स्याहार्ने मसँग छ सिद्धान्त थिए, अहिले मेरा छ बच्चाहरू छन् र कुनै सिद्धान्त छैन । – जोन विल्मट

१५.  जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलीका निम्ती नछोड । – वेन्जामिन फ्रेंकलिन

१६. ज्ञान नै शक्ति हो । – फ्रान्सिस बेकन

१७. आफू नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख्न चाहन्छौ । – महात्मा गान्धी

१८. यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाईलाई कुनै पनि कुरा याद राख्नुपर्नेछैन । – मार्क ट्वेन

१९.  त्यो काम रोज जुन तिमीलाई हृदयदेखि नै मन पर्दछ, त्यसपछी तिमीलाई जिन्दगीभर एक दिन पनि काम गर्नुपर्नेछैन । – कन्फ्युसियस

२०. असंभव भन्ने शब्द मेरो शब्दकोशमा छैन । – नेपोलियन बोनापार्ट

२१.  जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक ढंगले गर्दछन् । – शिव खेडा

२२. लडाइमा कुकुरको आकारले कुनै महत्व राख्दैन, महत्व त लड्ने क्षमताले राख्दछ । – मार्क ट्वेन

२३. तपाईको अनुमती विना कसैले तपाईको अपमान गर्न सक्दैन । – इलेनोर रूजवेल्ट

२४. गल्ती गर्नु मानविय कर्म हो र क्षमा गर्नु इश्वरिय कर्म । – अलेक्जेण्डर पोप

Must View