नागरिक पोष्ट News


राष्ट्रकवि घिमिरेलाई सेनाको मानार्थ सहायकरथी (ब्रिगेडियर जनरल) को पदवी

3.5K

राष्ट्रकवि माधव घिमिरेले नेपाली सेनाको मानार्थ सहायकरथी (ब्रिगेडियर जनरल) को पदवी पाएका छन्। राष्ट्रकवि घिमिरेलाई अघिल्लो हप्तामात्र नेपाली सेनाको मानार्थ सहायक रथीको पदवी दिने निर्णय मन्त्री परिषदले गरेको थियो।

नेपाली सेनाको सिफारिसमा मन्त्री परिषदको बैठकले राष्ट्रकविलाई उपरोक्त सम्मान दिने निर्णय गरेको हो।  जंगी अड्डामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकविलाई मानार्थ सहायकरथीको दज्र्यानीबाट सुशोभित गराएकी हुन्।

Must View