नागरिक पोष्ट News


एडु केयर नेपालद्धारा लागू औषध प्रयोगकर्ता लक्षित प्लम्विङ तालिम सञ्चालनमा

3K

एडु केयर नेपालले लागू औषध प्रयोगकर्ताका लागि १ महिने सीपमुलक प्लम्विङ तालिम निःशुल्क सञ्चालनमा ल्याएकोे छ । २०७४ माघ १५ गते  काठमाडौ तारकेश्वर वडा नं ५ का वडा अध्यक्ष बासु गौतमले सहभागीलाई कापी र कलम दिएर उक्त सीपमुलक तालिमको उद्घाटन गरेका थिए ।  प्लम्विङ तालिम काठमाडौंको गोलढुंगास्थित नयाँ जीवन पुर्नस्थापना केन्द्रमा शुरु भएको हो । एक महिनासम्म चल्ने उक्त कार्यक्रमको प्रशिक्षक सहजकर्ता उद्दव मिश्र र अशोक उप्रेती रहेका छन् । कार्यक्रममा केन्द्रमा उपचाररत १५ जना लागू औषध प्रयोगकर्ताहरु सहभागी छन् । सीपमुलक तालिम  कार्यक्रम नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण इकाई बिजुलीबजार काठमाडौंको सहयोगमा गरिएको एडु केयर नेपालका अध्यक्ष उपेन्द्र कुमार रावतले   बताए ।  प्लम्विङ तालिमको कार्यक्रम तालिका निम्न बमोजिम रहने एडु केयर नेपालले जनाएको छ ।

कार्यक्रम सञ्चालन तालिका

कार्यक्रम उद्घाटन मिति     ः २०७४ माघ  १५ गते, सोमबार  

समय ११.३० बजे

कार्यक्रम विषय        : लागू औषध बिरुद्धको सीपमुलक कार्यक्रम 

सञ्चालित जिल्ला      :  काठमाडौं

स्थान                    : नयाँ जीवन पुर्नस्थापना केन्द्र, तारकेश्वर वडा नं ५ गोलढुंगा

कार्यक्रमको नाम    :  प्लम्विङ तालिम 

सहभागी बिद्यार्थी संख्या      : १५ जना (पूर्व लागू औषध प्रयोगकर्ता एवं उपचारगत लागू औषध सेवनकर्ताहरु)

कार्यक्रम सञ्चालन अवधि     ः १ महिना (२०७४ माघ १५ गतेदेखि फाल्गुन १५ गतेसम्मं

समय                               : बिहान ११.०० देखि १.०० बजेसम्म (२ घण्टां)

तालिम समापन कार्यक्रम मिति  :  २०७४ फाल्गुन १५ गते 

सावित्री बस्नेत

कार्यक्रम संयोजक (9841577970)

Must View