१ महिने सीपमुलक प्लम्विङ तालिम निःशुल्क सञ्चालनमा
एडु केयर नेपालले लागू औषध प्रयोगकर्ताका लागि १ महिने सीपमुलक प्लम्विङ तालिम निःशुल्क सञ्चालनमा ल्याएकोे छ । प्लम्विङ तालिम काठमाडौंको गोलढुंगास्थित नयाँ जीवन पुर्नस्थापना केन्द्रमा शुरु भएको हो । कार्यक्रममा केन्द्रमा उपचाररत १५ जना लागू औषध प्रयोगकर्ताहरु सहभागी छन् । सीपमुलक तालिम कार्यक्रम नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण इकाई बिजुलीबजार काठमाडौंको सहयोगमा गरिएको एडु केयर नेपालका अध्यक्ष उपेन्द्र कुमार रावतले बताए । प्लम्विङ तालिमको कार्यक्रम तालिका निम्न बमोजिम रहने एडु केयर नेपालले जनाएको छ ।
कार्यक्रम सञ्चालन तालिका
कार्यक्रम उद्घाटन मिति ः २०७४ माघ १५ गते, सोमबार
समय ११.३० बजे
कार्यक्रम विषय : लागू औषध बिरुद्धको सीपमुलक कार्यक्रम
सञ्चालित जिल्ला : काठमाडौं
स्थान : नयाँ जीवन पुर्नस्थापना केन्द्र, तारकेश्वर वडा नं ५ गोलढुंगा
कार्यक्रमको नाम : प्लम्विङ तालिम
सहभागी बिद्यार्थी संख्या : १५ जना (पूर्व लागू औषध प्रयोगकर्ता एवं उपचारगत लागू औषध सेवनकर्ताहरु)
कार्यक्रम सञ्चालन अवधि ः १ महिना (२०७४ माघ १५ गतेदेखि फाल्गुन १५ गतेसम्मं
समय : बिहान ११.०० देखि १.०० बजेसम्म (२ घण्टां)
तालिम समापन कार्यक्रम मिति : २०७४ फाल्गुन १५ गते