नागरिक पोष्ट News


असाहयका दाता युवराज : जसले बैशाखीको साहराले पनि समाज र संस्कार बदल्दै छन्

6.7K

- अच्युत भट्टराई ,सुनसरी 

आफै बैशाखीको साहारा लिएर कठिनले हिड्ने युवराज थापा अहिले ३८ जना अपाङ्गता भएका ब्यक्तिहरुको आश्रयदाता बनेका छन् । उनले आश्रय दिएका मानिसहरु मध्ये अधिकांश बालबालिकाहरु रहेका छन । त्यसमा पनि शारीरिक अपाङ्गता मात्र होइन मस्तिष्क पक्षघात भएकाहरुको संख्या बढी छ। अपाङ्गता भएर पनि परिवारको साहारा नपाएका साथै मानसिक संतुलन गुमाएर सडकमा अलपत्र परेका हरुलाई प्रहरीको सिफारिसमा यस केन्द्रमा ल्याइने र आफुले आश्रय दिन सक्ने जतिलाइ आश्रय दिने गरेको केन्द्रका संचालक थापाले बताए । 

अहिले काठमाडौको सोलम्बुटार साखुमा रहेको द्वन्द पिडित तथा अपाङ्ग समाज नेपाल नामक यो संस्था संचालन मा आएको १० बर्ष भयो । भोजपुर जिल्लाको बिकट गाउँ हसनपुर , कोल्टारमा जन्मेका युवराज १४ बर्ष सम्म ठिकै थिए । अचानक उनको खुट्टा लुला भए उनी खुट्टा टेक्न नसक्ने अवस्थामा पुगे । अन्धबिश्वासले जरा गाडेको समाज भित्रको मेरो परिवारले मलाई धामी झाक्री लगाउन थाल्यो जसको कारण मेरो रोग छिपिएर जादा मेरा खुट्टा सधैंका लागि काम नदिने अवस्थामा पुगे थापाले यसरी बताए । 

आफ्नै परिवारका सदस्यहरु बाट घृणित भएर जीवन बिताउदाका पिडाहरु जीवन भर बिर्सन नसक्ने गरि उनको मनमा गडेको छ । ओछ्यान मै पोको परेका युवराज लाई २०५१ सालमा पहिलो पटक त्यो बिकट ठाउँ बाट डोकोमा बोकेर हिडाइयो । गाडी भेट्न चतरा आई पुग्नु पर्ने थियो । चतरा बाट उपचारका क्रममा काठमाडौ हुँदै नेपालगञ्ज सम्म उनका पिताले पुर्याएका थिए । बल्ल एक ठाउँ बाट अर्को ठाउँमा पुग्न सक्ने ह्विलचियर मिल्दा युवराज लाई भगवान नै भेटे जस्तो भयो । बल्ल जिवनमा बाच्न सकिन्छ भन्ने केही आशाहरु पलाउन थाले । सुनसरी को मानपुरमा बसेर त्यही ह्विलचियरमा धाएर उनले सिंगियाको स्कुल पनि पढे ।

अनेक संघर्षका बाबजुद पनि उनले पढाइलाई अगाडि बढाउदै लैजादा स्नातक सम्मको पढाई पूरा गरेका युवराज काठमाडौको पशुपति स्थित शान्ति सेवा गृहमा बस्थे । नियमित फिजियो थेरापी बाट बल्ल बैशाखी सम्म टेकेर हिडन सक्ने भएका युवराजले ९ बर्ष सम्म जागिर खाएको पनि बताए । उनले असहयै पीडा भोगेर पनि जीवन संघर्ष गर्दै त्यो स्थान सम्म पुग्दा धेरै अनुभव बटुलिसकेका थिए । त्यसैले उनले अपाङ्गता भएर परिवारको बोझ भएका हरुका लागि एउटा आश्रय केन्द्र खोल्ने निर्णय गरे । शुरुमा ३ जना बच्चाहरु लाई उनिहरुका परिवार संग मासिक ३ हजार लिएर संस्था संचालन गरेका हुन । पछि बच्चाहरु बढ्दै जादा उनलाई संकट पर्यो नछोड्नु न राख्नु को अवस्था पनि सृजना भयो शारीरिक रुपमा दुर्बल भए पनि मन भने उनको बलियो थियो अनेकौ संघर्ष गरेर पनि संस्था लाई अगाडि बढाउदै लगेको मार्मिक कथा छ युवराज संग । 

अहिले उनलाई जीवनमा एउटा सन्तुष्टी मिलेको छ । यति धेरैलाई आश्रय दिन पाएकोमा उनी आफुलाइ भाग्यमानी ठान्छन् । अहिले संस्था चलाउन लाई पनि निकै सहज बनीसकेको छ उनको एउटा फेसबुक पेज छ सि भी डि एस नेपाल जसमा संस्थामा भएका गतिविधिका बारेमा पोष्ट गरिन्छ । अहिले फेसबुक हेरेकै भरमा देश बिदेश बाट सहयोगी मनका धनीहरु आफ्नो जन्म दिन , आफ्ना पितृहरुको तिथि आदिको अवसर मिलाएर कोहि नगद त कोहि खाद्यान्न लत्ता कपडाहरु लिएर आउने गर्छन् छोडेर जान्छन् । कोहि भने आफ्नै हातले मिष्ठान्न भोजनहरु बनाएर खुवाउने गर्छन् । संस्थामा ७ - ८ जना काम गर्ने स्टाफहरु पनि छन दुई जना स्टाफका बच्चाहरूलाई मासिक ८ हजार तिरेर युवराजले नै पढाइ दिएका पनि छन् ।  २०७१ साल बाट यहि संस्थामा आश्रय लिएर बसेका नेत्र भण्डारी जस दुबै खुट्टाले काम गर्दैनन् उनी ह्विल चियरको साहार मा वर पर गर्छन् । तर भण्डारी संस्था मा आश्रय लिने मध्यका बाठामा पर्छन जो फेसबुक समेत चलाउछन । भण्डारी भन्छन् यहाँ हामीलाई असाध्यै राम्रो छ हामी परिवारको बोझ बन्दा बाच्नु को अर्थै थिएन , तर यहाँ युवराज सर त हामी जस्ताको लागि भगवान् नै हुनु भयो जसको कारण यो संसार हेर्ने ,बाच्ने रहर बढेको छ ।

Cvds Nepal Facebook Page

Must View