नागरिक पोष्ट News


ल्होछार नमनाउने तामाङ अगुवाको घोषणा

5.2K

सरकारले २०७४ माघ ४ गते सोनाम ल्होछारको सार्वजनिक विदा दिएको छ तर  तामाङ समुदायले भने २०७४ माघ ४ गतेलाई सोनाम ल्होछार  नमनाउने घोषण गरेका छन् । सोनाम ल्होथो अर्थात सोनाम कृषि चन्द्रपात्रो अनुसार आजभन्दा ठीक १ महिनापछि फागुन ४ गते मात्रै ल्हो फेरिने भएकोले आज नमनाइने तामाङ समुदायका संघसंस्थाका अगुवाले जनाएका छन् । हृ्योल्मो, घलेलगायतका हिमाली भेगमा बसोबास गर्ने समुदायले भने आजै ल्होछार मनाउने जनाएका छन् ।

Image result for sonam losar 2017

मञ्जुश्री पात्रोअनुसार यो वर्ष चरा वर्ष पूरा गरी कुकुर वर्षमा प्रवेश हुँदैछ । एक वर्षमा एक ल्हो मानि १२ वर्षमा १२ वटा जनावरको नाममा चक्र पूरा हुने पम्परा छ ।

Must View