पौष २९ गते शनिबारको दिन बैंक खोल्न राष्ट्र बैंकको निर्देशन चेक क्लियरिङ पनि हुने
5.3K
नेपाल राष्ट्र बैंकले 2074 पुस २९ गते शनिबार सार्वजनिक विदाको दिन पनि बैंक खुल्ला गर्न निर्देशन दिएको छ । बुधबार एक निर्देशन जारी गर्दै नेपाल राष्ट्र बैंकले आउदो पुस २९ गते एक दिन विदाको दिन पनि खुला गर्न बैंक तथा वित्तीय संस्था र नेपाल क्लियिरिङ हाउस लिमिटेडलाई भनेको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालय, राजश्व कार्यलय राजश्व संकलनका लागि आउदो शनिबार खुला हुने जनाएको छ ।
वर्षैभरी असोज, पुस, चैत र असार २५ गतेपछि शनिबार पर्न गएमा सो दिन बैंक तथा वित्तीय संस्था र क्लियरिङ हाउस खुला गर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।