नागरिक पोष्ट News


डाक्टर गोविन्द केसी रिहा (भिडियो सहित) अनसनबारे डा. केसीले भने

3.4K

केसीको बयान र उनका पक्षमा अधिवक्ताहरूको बहस पछि अदालतको अवहेलना गरेको आरोपमा गिरफ्तार गरिएका डाक्टर गोविन्द केसी साधारण तारेखमा रिहा भए। 

सर्वोच्च अदालतको आदेशमा केसीले आफ्नो बयानका क्रममा अदालतको अनादर गर्ने अभिव्यक्ति नदिएको भन्दै उनको स्वास्थ्य अवस्थालाई समेत दृष्टिगत गरेर हाललाई रिहा गरी बाँकी कारबाही गर्नु भनिएको छ।

अवहेलना मुद्दामा सर्वोच्च अदालतको पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ र श्याम खरेललगायतले बहस गरेका थिए । डा. केसीको पक्षमा वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल र कृष्णप्रसाद भण्डारीलगायतले बहस गरेका थिए ।

Must View