नागरिक पोष्ट News


अमेरिकामा भिसाको प्रस्तावित नीति : भारतीय आतंकित, ग्रीनकार्ड नभएकाहरु आफ्नै देशमा फर्कनुपर्ने

4.7K

राष्ट्रपति डोनाल्ड ट्रम्पले एचवानबी भिसाको नीतिमा कडाइ गर्ने संकेत गरेपछि विशेषगरि त्यो स्टाटसमा रहेका भारतीयहरुमा त्राही बढेको छ ।

उच्च दक्ष जनशक्तिमा भारतीयहरुको बोलवाला रहेको र ती मध्य अधिकांश एचवानबी भिसामा रहेका छन् । अमेरिकाकै पढाई सकेर काम गर्दै रहेका र कम्पनीहरुले भारतबाटै ल्याएर माथिल्लो तहमा काम गर्दै रहेका भारतीयहरुमा राष्ट्रपति ट्रम्पको पछिल्लो नीतिले त्राहीमाम् बढेको हो । 

सन् २०१६ मा एचवानबी भिसा पाएकामध्य ७७ प्रतिशत भारतीयहरु थिए । एकलाख २६ हजार ६ सय ९२ जना भारतीयले सन् २०१६ मा एचवानबी भिसा पाएका थिए । अमेरिकामै आवश्यक जनशक्ति नभएको उल्लेख गर्दै विशेषगरि सूचना प्रविधिमा कार्यरत कम्पनीहरुले भारत, चीनबाट मानिसहरुलाई ल्याउँदै आएका छन् । 

यसले गर्दा अमेरिकीहरुले रोजगारी पाउन नसकेको र बढी पारिश्रमिक प्राप्त गर्ने क्षेत्रमा बाहिरबाट आएकाहरुले आधिपत्य जमाएको कारण दर्शाउँदै राष्ट्रपति ट्रम्पले एचवानबी भिसामा कडाई गर्ने संकेत दिएका छन् । 

प्रस्तावित नियम अनुसार ६ वर्षसम्म ग्रीनकार्ड नभएका व्यक्तिहरु आफ्नै देशमा फर्कनुपर्नेछ । एचवानबी भिसाको म्याद तीन वर्षको हुन्छ । त्यसपछि अर्को तीनवर्ष भिसाको म्याद थपिने र संबन्धित व्यक्तिले त्यस अवधिमा ग्रीनकार्डका लागि आवेदन दिएर प्राप्त गरिसक्नुपर्नेछ । ग्रीनकार्ड नपाएमा ती व्यक्तिहरुको भिसाको म्याद नथपिने प्रस्ताव गरिएको छ ।

 बर्तमान राष्ट्रपति ट्रम्पले ‘हायर अमेरिकन’ नारालाई उचालेर निर्वाचित भएका थिए । त्यही कारणले गर्दा अहिले यो एचवानबीको नियमलाई परिमार्जन गर्न प्रस्ताव अघि बढाइएको छ ।

एचवानबी भिसाको नयाँ प्रस्ताव पछि अमेरिकामा रहेका भारतीय समुदाय आतंकित भएका छन् । केही दिन अघि न्यूजर्सीमा कपडा नलगाई हिउँमा लडीबुडी गर्दै एक भारतीयले प्रदर्शनी गरेको भिडियो सामाजीक सञ्जालमा भाइरल भएको थियो । 

 

अमेरिकाका अधिकांश सूचना प्रविधिसँग संबन्धित कम्पनीहरुमा भारतीयहरुको बाहुल्यता छ । नयाँ नीतिले उनीहरुलाई प्रत्यक्ष प्रभाव पार्नेछ ।

Must View