नागरिक पोष्ट News


चकलेट बालबालिकाको स्वास्थ्यका लागि कति हानिकारक ?

4.1K

पब्लिक हेल्थ इंग्ल्याण्ड (पीएचई) का अनुसार प्राथमिक विद्यालयका बालबालिका एक दिनमा आवश्यकता भन्दा कम्तिमा तीन गुणा बढी गुलियो खान्छन् ।

कस्तो हुन्छ स्वस्थ नास्ता ?

पीएचईले एक अभियानको सुरुवात गरेको छ । यसको उद्देश्य बच्चाका आमाबुबालाई यस्ता स्न्याक्सका बारेमा जानकारी दिनु रहेको छ जसमा १०० भन्दा बढी क्यालोरी नहोस् । र, एक दिनमा बच्चाले यसको सेवन दुई पटकभन्दा बढी नगरोस् ।

आठ सातासम्म चल्ने ‘चेञ्ज फर लाइफ’ नामको यस अभियानमा खानाको कुपन दिइन्छ । यसको माध्यमबाट केहि सुपरमार्केटमा माल्ट लफ, कम चिनी भएको दही र सुगर फ्री डि्रंक्सका लागि छुट पाइन्छ ।

पीएचईको राष्ट्रिय डाइस एण्ड न्युटि्रशियन सर्वेक्षणमा पाइएको थियो कि ४ देखि १० वर्ष उमेरको बच्चाले स्वास्थ्यको लागि हानिकारक खानेकुराको माध्यमबाट लगभग ५१.२ प्रतिशत चिनी लिन्छन् । यसमा बिस्कुट, केक, पेष्ट्री, बन्स, स्वीट्स र जुस डि्रंक्स सामेल छन् ।

तथ्यांकअनुसार एक वर्षमा एक बच्चाले औषतमा ४०० बिस्कुट, १२० केक, बर वा पेष्ट्री मिठाईको १०० टुक्रा, ७० चक्लेट, आइसक्रिम र १५० प्याकेट जुस डि्रंक्स खान्छन्/पिउँछन् ।

दाँतमा खरावी र ज्यादा मोटोपनको एक कारण उच्च मात्रामा चिनीको प्रयोगलाई पनि लिन सकिन्छ । पीएचईका अनुसार उसले आफ्नो एपमा पनि सुधार गरेको छ । जसमा खानामा सुगर, नुन आदिको मात्र पत्ता लगाउन सकिन्छ ।

पीएचईका चिफ न्युटि्रशनिस्ट डा. अलिन टेडस्टनले बीबीसीलाई बताएअनुसार यस क्याम्पेनिङमार्फत उनले यो अपेक्षा गरेका छन् कि बच्चाको खानपानका लागि उनका मातापिता शशक्त बन्नेछन् ।

उनी भन्छन्, ‘यदि तपाईं सुपरमार्केटमा जानुहुन्छ भने त्यहाँ देख्नुहुन्छ कि स्न्याक्सको रुपमा थुप्रै कुराहरु हुन्छन् । समय बदलिएको छ । अहिले त लञ्चबक्स स्न्याक्सले भरिएको हुन्छ ।’

पीएचईले यसअघि नै चिनीको व्यवसायमा २०२० सम्म २० प्रतिशत तथा २०१७ सम्ममा ५ प्रतिशत कटौती गर्ने भनेको थियो, तर जानकारहरुले प्रश्न गरेका छन् कि यस्तो कसरी हुनसक्छ ?

-बीबीसीबाट अनुवादित

Must View