हेर्नुहोस् काठमाडौँका ठूला अस्पताल नै ‘ठग’को सूचिमा
आपुर्ति विभागको अगुवाईमा गएको अनुगमन टोलीले राजधानीका प्रमुख ठूला मानीएका अस्पतालहरु नै विरामी ठग्ने गरेको खुलासा गरेको छ ।ठूला अस्पतालहरुमध्येका धापासीको ग्रान्डी ईन्टरनेशनल अस्पताल, बल्खुस्थित बयोधा अस्पताल, बसुन्धाराको ईशान बाल अस्पताल र बाँसबारीको न्यूरो अस्पताल ठगीमा परेका छन् ,विरामीबाट अतिरिक्त शूल्क लिएको पाइएपछि ती अस्पतालहरूविरुद्ध थप अनुसन्धान गरी मुद्दा दायर लगायतका कारवाही प्रक्रिया चलाउन प्रहरीलाई पत्राचार गरेको हो ।
ठगीमा परेको विभिन्न गुनासो तथा सुचनाको आधारमा अनुगमन गरिएको थियो र अनुगमन पछी आपुर्ति विभागले थप अनुसन्धान गरी ठगि मुद्दा चलाउन महानगरीय बिभाग काठमाडौंलाई पत्र पठाएको बताईएको छ ।
विभागले 2074 मंसिर अन्तिम साता ती अस्पतालमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा दोषी देखिएपछि वयान लगायतका प्रक्रिया पूरा गरेर विभागले बाँकी अनुसन्धान र मुद्दा प्रक्रियाका लागि प्रहरीलाई पत्राचार गरेको हो ।