नागरिक पोष्ट News


जाडोमा घाम ताप्नुका फाइदा र बेफाइदाहरु : डा रुपक घिमिरे

4.9K

जाडोमा घाम ताप्नुका फाइदा र बेफाइदा दुवै छन्।

घामले सकारात्मक प्रवाह पार्छ, ऊर्जा दिन्छ। बिहानको घाम स्वास्थ्यका हिसाबले लाभदायी पनि हुन्छ। 

मानव शरीरलाई घाम कति चाहिन्छ भन्ने थाहा पाउनुभन्दा अघि हाम्रो छालाको प्रकार कस्तो हो भनेर पत्ता लगाउनुपर्छ।

मानिसको छाला ६ प्रकारको हुन्छ। छिटो कालो हुने खालका गोरा मानिसहरुको छाला एउटा प्रकारमा पर्छ। नेपालीहरुको छाला भने ४–५ प्रकारको हुन्छ। काला अर्फिकनहरुको छाला एक प्रकारको हुन्छ।

घामको प्रकाशले छालामा पर्ने असरहरु 

घामको प्रकाशका कारण छाला रातो हुने, छाला पोल्ने, चिलाउने, बिबिरा आउने हुन सक्छ। लामो समय घाममा बस्नेहरुलाई छालाको क्यान्सर समेत हुन सक्छ। 

घामले भिटामिन दिनेगर्छ, तर भिटामिन ‘डी’ पाउनकै लागी दिनभरि लुगा फुकालेर घाममा बस्नु जरुरी छैन। दैनिन कपडाले नछोपेको भागलाई बिहानको घाममा ५–१० मिनेट देखाउँदा पनि हाम्रो शरीरमा चाहिने जति भिटामिन डि पाउन सकिन्छ। 

सानो बच्चालाई २–३ घन्टा घाममा राखेर तेल लगाउने चलन छ, तर त्यसो गर्दा घामको ‘युभी रेज’ले बच्चाको छाला डढाउँछ। 

बिहानको झुल्किँदो घाम स्वास्थ्यका लागि फइदाजनक हुन्छ। तर, जाडो याममा दिनभरि घाममा बस्ने बानीले भने हाम्रो छालामा नराम्रो असर पुर्‍याउँछ। विशेषगरी बिहान १० देखि २ बजेसम्मको घामको ‘रेज’लाई स्वास्थ्यका लागि राम्रो मानिँदैन। 

घामले शरीरमा पुग्ने फाइदा

– सूर्यको किरणमा पाइने भिटामिन डीले हड्डी बलियो बनाउँछ (भिटामिन डीको कमीले शरीरमा ‘मेटाबोलिक’ हड्डीको रोग लाग्छ)। 

– बिहानको पारिलो घाममा बस्नाले शरीरमा ‘मेलाटोनिन’ नामको हर्मोन विकसित हुन्छ, जसले निद्रा लगाउँछ। 

– चिसोबाट लाग्ने रोगबाट बचाउँछ।

– सूर्यबाट निस्कने अल्ट्राभायलेट किरणले ‘इम्युन सिस्टम’ मजबुत बनाउँछ। 

– घामले रगत जम्नबाट बचाउँछ। आदि।

घामका बेफाइदा

– छालामा विभिन्नखाले समस्या देखा पर्ने गर्छ। 

– अनुहारको छाला रुखो हुने, डढ्ने हुन्छ। 

– जाडोमा घामले गर्दा चाया, पोतो, कोठी आउँछ। 

– छाला सुक्खा हुने र हातखुटा फुट्ने समस्या देखिन्छ।

– लामो समय घाममा बस्ने मानिसलाई छालाको क्यान्सर समेत हुन सक्छ। आदि। 

त्यसैले जाडो भयो भन्दैमा लामो समय घाममा बस्नु स्वास्थ्यका दृष्टिले उपयुक्त मानिदैन। छालालाई सुरक्षित राख्न ‘मोस्चराइजिङ क्रिम’को प्रयोग गर्न सकिन्छ। छालालाई घामबाट जोगाउ‘ सन ब्लक क्रिम’ लगाउनुपर्छ। शरीर खुला राखेर घाममा छाला पारेर बस्नु हुँदैन।

Must View