नागरिक पोष्ट News


नर्समाथि मानव अंग प्रत्यारोपण केन्द्रले गरेको अन्याय हेर्नुहोस् - लाइभ भिडियोे

6.5K

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत केही नर्सहरु आफूमाथि अस्पताल प्रशासनले अन्याय गरेको भन्दै स्वास्थ्य मन्त्रालय लगायत निकायको दैलो चहारिरहेका छन्।  प्रत्यारोपण केन्द्रबाट अन्यायपूर्वक निकालिनेहरुमध्ये एक नर्स  सजना देउला न्यायको आशा राखेर स्वास्थ्य मन्त्रालयको ढोका ढकढक्याउन पुगेकी छिनन्। सजना न्यायका लागि होमिएको ७ महिना भइसकेको छ। तर, अझैसम्म न्याय पाउने छेकछन्द देखेकी छैनन्। न्याय पाउने चक्करमा लाग्दा उनमा नर्सिङ पेसादेखि मात्र होइन, जिन्दगीदेखि नै विरक्ति जाग्यो। सजनाले रुँदै भनेकी छिन्, ‘बुवाआमाका दुःख सम्झेर र दिदीहरुको साथ पाएर मात्रै बाँचिरहेकी छु। नत्र उहिल्यै मरिसकेकी हुन्थेँ।’

मानव अंग प्रत्यारोपण केन्द्रले अन्याय गरेको भन्दै यसरी भक्कानिइन् नर्स [भिडियो]

Source : डिबी खड्का/ Swasthyakhabar

Must View