नागरिक पोष्ट News


शेयर बजार अब के हुन्छ, के भन्छन् शेयर जानकारहरू ?लगानीकर्ताहरू‘पर्ख र हेर’ कै स्थितिमा

5.2K
पुँजी बजारका लगानीकर्ताहरू ‘पर्ख र हेर’ कै स्थितिमा रहेको शेयर बजारलाई नजिकबाट नियाल्नु भएका पूर्णमान सिंहको भनाइ छ । उनले कम्युनिष्टको सरकार आएमा नेपाली पुँजी बजार सकारात्मक हुँदैन भन्ने मनोविज्ञानका कारण बजारले गति लिन नसकेको बताए । त्यस्तै बोनस र हकप्रदका कारण बढ्दो शेयर आपूर्ति र नयाँ शेयर आईपीओ एफपीओतिर रकम जोहो गर्दा पनि बजार घटेको उनले बताए ।

वित्तीय क्षेत्रमा देखिएको तरलताको अभावले पनि बजार घट्नमा सहयोग पुर्याएको उनको तर्क छ । अब राजनीतिक स्थिरता कायम भएपछि बजारमा केही मात्रामा सकारात्मक असर देखिए पनि यसको असर भने २/३ वर्षसम्मै पर्ने सिंहको दाबी छ ।

- विष्णुप्रसाद बस्याल चार्टर्ड फाइनान्सियल एनालिस्ट एवम् प्राविधिक विश्लेषक

कुनै पनि वेभ थयुरीमा साइकल डिग्री वेभ ५ वटा हुने गर्छ । मैले नेप्से घटेर १ हजारको तहमा आउने कुरा गरेको थिँए । यस गिरावट सिधै लिनियर लाइनमा आउने होइन । हामीले बुझ्नुपुर्ने कुरा के हो भने जबसम्म नेप्सेले १ हजार ६ सयको तहमा सस्टेन गर्छ तब नेप्से अघिल्लो तह १ हजार ८ सयदेखि १ हजार ९ सयसम्म पुग्ने सम्भावना रहन्छ ।

नेप्से १ हजार ६ सय तल हुँदासम्म पर्पर च्यानलको ट्रेन्डमा रहेकाले एउटा फल वे रहेको १ हजार ४ सयको लेवल विभिन्न सव वेभ हुने गर्छ, त्यही तहमा अन्त्य हुने देखिन्छ । यस लेवलमा सर्ट ट्रम वियरिस अन्त्य भएपछि त्यसको करेक्टिभ बाउन्स आउने सम्भावना रहेको छ, अन्य प्राविधिक सूचक १४ दिने आरएसआई पनि डाईभरजेन्स आउने छ ।

यतिबेला केही सर्ट ट्रम बाउन्सको आउने देखिन्छ । यस आधारले पनि करिब–करिब १ हजार ४ सयको हाराहारीबाट १ हजार ५ सय ८० सम्म जाने सम्भावना प्रबल रहेको देखिन्छ । यसले अबको दुई हप्तामा ट्रेन्डको अन्त्य गर्ने र त्यसपछि न्यूनतम १ महिनादेखि डेढ महिनासम्म १५ सय ८० सम्म जाने सम्भावना देखिन्छ ।

दुई सातापछि शेयर बजारमा सुधार देखिन्छ Image result for share trend in nepal

 

प्रतिनिधिसभा र प्रदेशसभा चुनावसम्पन्न भएपछि तीन साताको अवधिमा एक दिनबाहेक सबै दिन बजार घटेको छ । यसरी बजार घट्नुमा बैंक तथा वित्तीय संस्थामा देखिएको लगानीयोग्य पुँजी (तरलता) को अभावलाई मुख्य कारण भनिए पनि बजारमा स्थिरिता नहुनु अर्थात् छोटो समयावधिमा ठूलो अंकले उतारचढाव आउनुमा बजारलाई समय सापेक्ष विकास नगर्नु रहेको सरोकारवालाहरूको भनाइ छ ।

 

बैंक तथा वित्तीय संस्थामा अहिले लगानीयोग्य पुँजी (तरलता) को अभाव देखिएकाले यसको समाधान नभएसम्म तत्काल बजार सुधार हुने अवस्था नरहेको नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष सुरवीर पौड्यालको भनाइ छ । अहिले सूचीकृत कम्पनीको बुक क्लोजको सिजन भएकाले पनि त्यसको प्रभाव नेप्सेमा देखिएको हो । ‘यतिबेला लगानीकर्ताले लाभांश र हकप्रद शेयर सुरक्षित गरेपछि शेयर बेच्ने गरेकाले पनि बजार घटेको हो ।’ उनले थपे–‘लगानीकर्ता आत्तिहाल्नुपर्ने अवस्था छैन ।’

नयाँ सरकारको आशा

पुँजी बजारका लगानीकर्ता अमृतराज रेग्मीले अब बन्ने सरकारको नीतिले पुँजी बजारको भविष्य तय गर्ने बताए । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुँदा बैंकले ब्याजदर बढाएका कारण पनि लगानीकर्ता शेयर खरिदभन्दा पनि बैंकमा निक्षेप जम्मा गर्नतिर अग्रसर भएका छन् । जसको प्रभाव पनि बजारमा देखिएको उनको भनाइ छ ।

त्यस्तै अधिकांश बैंकहरुले राष्ट्र बैंकले तोकेको ८ अर्ब पुँजी पु्र्याइसकेको अवस्थामा बैंकहरुको प्रतिफल घट्ने आँकलन, बजारमा बारम्बार भ्याटको कुरा दोहोरिनुले पनि बजार नकारात्मक लगानीकर्ताको अगुवाहरूको विश्लेषण छ ।

ब्रोकेज क्षमता विस्तार, सुधारको आधार

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलका अनुसार बजार अस्थिर हुनुमा ब्रोकेजको सेवा विस्तार नहुनु प्रमुख रहेको छ । बजारको विकासका लागि बजारलाई प्रविधिमैत्री बनाउनुपर्ने, अनलाइन ट्रेडिङ छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउनुपर्ने पनि उनको तर्क छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको अभाव हुँदा बजार ओरालो लागेको भए पनि पुँजी बजारमा आउने विभिन्न हल्लाले थप बजार घटाएको उनको तर्क छ । उनले पछिल्लोपटक सामाजिक सञ्जाल र मिडियामा आउने हल्लाले बजारप्रति लगानीकर्तामा भ्रम सिर्जना भएको दाबी गरे । बजारमा केही अंकको तलमाथि स्वाभाविक भएको र त्यो बजारको स्वरुप नै भए पनि लगातार ठूलो अंकले बजार घट्नुमा समग्र देशको अर्थतन्त्रका साथै लगानीकर्ताको पक्षमा नरहेको उल्लेख गरे ।

तरलता अभाव प्रमुख कारण

पुँजी बजारका सक्रिय लगानीकर्ता तथा इन्भेष्टर फोरमका सदस्य सिर्जना सुवेदीले पनि बजार घट्नुमा तरलता अभाव प्रमुख कारण रहेको बताइन । उनले बैंकका तथा वित्तीय संस्थामा लगानीयोेग्य पुँजीको अभावले शेयर बजारमा नयाँ लगानी भित्रिन नसकेको साथै पुँजी बजारमा आउने रकम पनि बैंकले निक्षेपमा उच्च ब्याजदर दिंँदा त्यसको प्रभाव परेको बताइन ।

सुवेदीले राजनीतिक अस्थिरताले पनि बजार घटाउन थप बल पुगेको बताइन । उनले नयाँ सरकार गठनसँगै सरकारले कस्तो नीति लिने हो भन्नेतर्फ लगानीकर्ताको ध्यान केन्द्रित हुँदा बजारमा सकारात्मक प्रभाव पर्न नसकेको बताइन । त्यस्तै अहिले हकप्रद तथा लाभांशका निम्ति बुक क्लोजको सिजन भएकाले पनि बजार स्वभाविक रुपमा केहि घटेको उनको तर्क छ । यद्यपि, अहिले नै लगानीकर्ता आत्तिहाल्नुपर्ने स्थिति छैन ।

आर्थिकन्यूज डटकम का लागि चन्दा कार्की/इशारा कोइराला

Must View