नागरिक पोष्ट News


स्मार्टफोनले क्यान्सर फैलाउँदै !! यसरी चेक गर्दा थाहा हुन्छ

4.7K

अहिलेसम्म गरिएका अधिकांश सर्भेक्षणहरुले देखाएका छन् कि फोनहरुले रेडियो वेभको कारण विकिरण उत्सर्जन गर्छन् र स्मार्टफोन क्यान्सरको कारक बन्न सक्छ !

जब इलेक्ट्रोम्याग्नेटिभ तरंगहरु ग्रहण र प्रशारण हुन्छ, त्यहाँ केही प्रतिशत क्षय हुन्छ । क्षय भएको इलेक्ट्रोम्याग्नेटिभ तरंगको यो हिस्सा यस वरिपरि रहेका तन्तुहरुले सोस्छन् । एसएआर भनेको त्यो दर हो जुन दरमा इलेक्ट्रोम्याग्नेटिभ तरंगहरु शरीरले सोस्छ । फोनहरुमा ताररहित नेटवर्कमा काम गर्नका लागि रेडियो ट्रान्समिटर र रिसिभर रहेका हुन्छन् । त्यसैले तिनीहरुले रेडियो तरंगहरु उत्सर्जन गर्छन् । यी रेडियो तरंगहरु हानीरहित हुन्छन् ।

अमेरिकाको फेडेरल कम्युनिकेसन्स कमिसन (एफसीसी) ले १.६डब्लु/केजी तय गरेको छ । यसको अर्थ १.६ भन्दा मुनी एसएआर भएका फोनहरु राम्रा हुन् । Image result for smartphone cancer

जति कम भयो त्यति राम्रो हो । तर, माथि उल्लेख गरिए झैं अमेरिकाको एफसीसीले १.६ लाई पर्याप्त मानेको छ । त्यसैले यदि तपाईंको फोनको एसएआर भ्यालु १.२ जति छ भने कुनै चिन्ता लिनु पर्दैन । अहिले आएका फोनहरुको एसएआर प्राय ०.५ देखि ०.६ सम्म हुन्छ । ठूला ब्रान्डहरुको एसएआर न्यूनतम हुन्छ । यसका अतिरिक्त तपाईं आफ्नो फोनमा कुरा गर्दा एयरफोनको प्रयोग गरेर पनि यसको विकिरण एक्स्पोजरलाई न्यूनीकरण गर्न सक्नुहून्छ ।

 फोनको एसएआर कसरी चेक गर्ने ?

 

–फोनको डायलर वा फोन एप खोल्नुस

–अब *#07# डायल गर्नुस । यसपछि तपाईंको फोनको एसएआर देखिनेछ ।

Must View