नागरिक पोष्ट News


कालीकोट गोलीकाण्ड : म्यादी प्रहरीलाई माला लगाइएको हो, गोली हानेको हैन - प्रहरी प्रमुख

3.5K
सत्यता के हो ?

कालीकोटमा गोली लागेर म्यादी प्रहरी विवेक एडीको मृत्यु भयो । चुनाव सफल पार्न अहोरात्र खटिएका  म्यादी प्रहरीले सेवा सुविधामा चित्त नबुझेर आन्दोलन गर्दा गोली खानुपरेको कालीकोट गोलीकाण्डको सत्यता हो । कालीकोटमा यस्तो दुःखद घटना कसरी भयो ? यसबारे सरकारले छानविन गरिने बताएको छ । तर नेपाल प्रहरीका उच्च अधिकारीले भने उक्त घटनामा प्रहरीको हात नरहेको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

प्रहरीले म्यादीहरुलाई फूलमाला लगाएर विदाइ गरेको तर गोली नहानेको दाबी उच्च प्रहरी अधिकारीको छ ।

नेपाल प्रहरीका एआर्इजी रणबहादुर चन्दले प्रहरीले गोली नहानेको दाबी गरेका हुन् । एआइजी चन्दका अनुसार म्यादी र प्रहरीवीच तलव सुविधाबारे कुनै विवाद थिएन । न्दका अनुसार शुक्रबार दिउँसो साढे ११ बजे अबिर लगाएर म्यादीलाई विदाई गर्ने कार्यक्रम थियो । म्यादीको तलव भत्ता सिधै उनीहरुको बैंक खातामा जाने भएकाले कुनै विवाद नभएको एआइजी चन्दको भनाइ छ ।

तर, शान्नीत्रिवेणी गाउँपालिका वडा नं ४, हाल रास्कोट नगरपालिका वडा नं २ वस्दै आएका बिवेक ऐडीको गोली लागेर मृत्यु भएको छ ।  स्थानीयले भने म्यादी प्रहरीले गरेको शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले एक्कासी गोली चलाउँदा ऐडीको मृत्यु भएको बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार डीएसपी सुवासचन्द्र वोहोराले सरकारको १५ लाख गएर केही फरक पर्दैन, गोली ठोक भन्दै प्रहरीलाई आदेश दिएको स्थानीयको आरोप छ । त्यसपछि प्रहरीले टाउकोमै ताकेर गोली हानेको प्रत्यक्षदर्शीको दाबी छ ।

गोली लागेपछि भूइँमा ढलेका ऐडीलाई अन्य म्यादी प्रहरीले उठाउन जाँदा अश्रु ग्यास हानेर तितरबितर पारेको स्थानीय बताउँछन् ।

कालीकोटमा म्यादी प्रहरी मारीएपछि कालीकोटका काँग्रेस नेता भुपेन्द्रजंघ शाहीले निकाले यस्तो वक्तव्य

प्रेस बिज्ञप्ति  केही समय रोजगारी गरेर आफ्नो सिमित समस्या समाधान गरौंला भनेर म्यादी प्रहरी बनेका युबाहरु माथी आज दिउँसो कालिकोट मान्ममा प्रहरीले गोलि चलाउदा म्यादि प्रहरी बिबेक ऐडिको मृत्यु भयको दु:खद खबरले मलाई मर्महात र स्तब्ध बनायको छ। यस दु:खद घटनाकाे घाेर भ्रत्सना गर्दै दाेषि माथि कडा कार्वाहिकाे माग गर्दछु। शान्ति पुर्ण ढंगले आफ्नो तलब सेवा सुबिधा कम भयको भन्दै माग गरिरहेका म्यादी प्रहरी माथी प्रहरीलेनै गोलि चलाउदा मृत्यु भएकाेले सत्यतथ्य छानबिन गरि दोषी उपर कडा भन्दा कडा कार्बाही गरियाेस। घाइतेहरु को सिघ्र स्वास्थ्य लाभको कामनाका साथै मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। भुपेन्द्र जंग शाही  महामन्त्री  नेपाल तरुण दल

Must View