नागरिक पोष्ट News


लागूऔषध दुरुपयोग बिरुद्धको जागरण कार्यक्रम इमेज र रोज म्यारी स्कूलमा सम्पन्न

6.4K

- सावित्री बस्नेत, मनमैजु काठमाडौं

स्कुल, कलेज पढ्ने विद्यार्थीहरु बढी लागुऔषधको कुलतमा फस्ने गरेका छन् । प्राचीन तथा सामाजिक संस्कार, पश्चिमी जीवनशैली र आधुनिकता र साथीभाइको देखासिकीले लागूपदार्थको कुलत बिद्यालस्तरबाटै बढेको हो ।  मादक पदार्थ सेवन गरी बिना हेल्मेट सवारी चलाउने कारणले सडक दुर्घटना समेत बढाएको छ । यसका लागि नेपाल सरकार गृह  मन्त्रालय अन्तर्गतको लागू औषध नियन्त्रण शाखाले लागूऔषध बिरुद्धको बिद्यालयस्तरीय जागरण अभियान नै सञ्चालन गरिरहेको छ  ।

बिद्यालयस्तरीय जागरण अभियान अन्तर्गत यही मिति २०७४ पौष ५ गते बुधबार काठमाडौं तारकेश्वर नगरपालिका स्थित इमेज हाईस्कुल र रोज म्यारी स्कुलमा लागू औषध दुव्र्यसनी बिरुद्धको कार्यक्रम सम्पन्न भएको छ । लागू औषध नियन्त्रण शाखाका संगीता कोइरालाले कार्यक्रममार्फत विद्यार्थीहरुलाई लागूऔषध भनेको को हो, यसको कुलतमा कसरी फसिन्छ भन्ने बारेको जानकारी गराइन् । लागूऔषधको प्रयोग मानसिक शारीरिक र सामाजिक जीवनका लागि घातक रहेको उल्लेख गर्दै कोइरालाले लागूऔषध दुव्र्यसनीबाट टाढै रहन बेलैमा सचेत हुनुपर्नेमा जोड दिइन् ।

इमेज हाइस्कुल र रोज म्यारी स्कूलमा गरिएको लागूऔषध बिरुद्धको चेतनामुलक कार्यक्रममा प्रोजेक्टरमार्फत फोटो स्लाइड, पर्चा पोष्टर प्रस्तुत गरी बिद्यार्थीहरुलार्ई जानकारी शेयर गरिएको थियो । साथै लागू औषध दुव्र्यसनी बिरुद्धको उज्यालोतिर बृत्तचित्र समेत प्रदर्शनी गरिएको थियो । उज्यालो भविष्यका लागि बिद्यार्थीहरुले लागूऔषधको दुव्र्यसनीबाट टाढै रहन पाइला पाइलमा सचेतता अपनाउनुपर्ने छ । गृह मन्त्रालयको लागू औषध नियन्त्रण शाखाले अहिले देशैभरिका विद्यालयका बालबालिकालाई लागुऔषधबारेको जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।  वि.सं २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार ५३४ लागुऔषध प्रयोगकर्ता नेपालमा रहेको बताइएको छ। तर अहिले यो संख्या एक लाखभन्दा बढी भएको लागू ओषध नियन्त्रण शाखाका अधिकृत खड्ग बहादुर श्रेष्ठले बताए ।

विद्यालय पढ्ने उमेरमा वालबालिकाहरुमा उत्सुकता बढी हुने भएकाले धेरै वालबालिकाहरु युवा अवस्थामा नै लागू औषधको कुलतमा फस्ने भएकोले उनीहरुलाई बिद्यार्थी जीवन अवस्थामा सचेत गराउनुपर्ने देखिन्छ । यसका लागि बिद्यालयस्तरीय जागरण अभियानलाई व्यापकता गराउन सके लागूऔषध दूव्र्यसनीको कुलत न्युनीकरण धेरै हदसम्म सफल हुने देखिन्छ ।

Must View