नागरिक पोष्ट News


गजल :बहादुर नारी बन्न मन छ, सधैंभरि आज्ञाकारी बन्न मन छ

5.5K

देशको सेवा गर्ने बहादुर नारी बन्न मन छ।

दुश्मनको लागि हतियार-धारी बन्न मन छ।

मुटुमा देशको माया बोक्न पाए लाग्छ खुशी,

कठिन परिस्थितिमा जिम्मेवारी बन्न मन छ।

जाइ नलाग्ने, आइ लागे नदिएर फुत्किनलाई,

सिमाना मिच्नेका लागि अत्याचारी बन्न मन छ।

नेपाली र नेपालको बाधक नबन्नेहरूका लागि,

सोझी अनि सधैंभरि आज्ञाकारी बन्न मन छ।

उत्तर अनि दक्षिणले कमजोर ठान्न थाल्यो भने,

नहारी हिम्मत साँच्चै वारि-पारी बन्न मन छ।

- अदिती अर्याल ज्ञवाली 

थानपति गा.वि.स.वडा नं.८, गुल्मी

  हाल: काठमाडौं

Must View