नागरिक पोष्ट News


सबै चारपांग्रे सवारीले असार मसान्तसम्म इम्बोस्ड प्लेट जोड्नैपर्ने, यस्तो छ प्रक्रिया

6K

 यातायात व्यवस्था विभागले बागमती अञ्चलमा दर्ता भएका सबै चारपांग्रे सवारीले आगामी असार मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड प्लेट जडान गर्नुपर्ने निर्णय गरेको छ ।

विभागले प्रविधिमा जान ढिलाई गर्न नहुने भन्दै जडानका लागि दर्ताको लट नै तोकेर समयसीमा निर्धारण गरेको छ ।

सबै सरकारी तथा संस्थानमा चार पांग्रे सवारीले आगामी चैत मसान्तभित्र प्लेट जडान गरिसक्नुपर्ने विभागमा प्रवक्ता डा.टोकराज पाण्डेले बताए । त्यसैगरी लट नम्बर १देखि १२ सम्मका चारपांग्रे सवारीका लागि पनि चैतभित्र इम्बोस्ड प्लेट जडान अनिवार्य रूपमा जडान गर्नुपर्ने छ ।

सो समयभित्र १३ लटभन्दा माथिका ३ तथा चार पांग्रे सवारीले  पनि इम्बोस्ड जडान गर्न चाहेमा आवेदन दिनसक्नेनुपर्नेछ । १३ नम्बर लटदेखि माथिका चारपांग्रे सवारीले आगामी असार मसान्तसम्म इम्बोस्ड जडानको लागि समयसीमा तोकिएको छ ।

जस्तोः काठमाडाैंमा वितरण हुने इम्बोस्डमा बागमतीको ठाउँमा ‘स्टेट-३’ उल्लेख गरिनेछ । अन्य ठाउँमा वितरण थाल्दा पनि सम्बन्धित प्रदेशकै पहिचान नम्बर (१,२,३,४,५,६,७) राखिने छ ।

यस्तो छ प्रक्रिया

पहिलो चरणमा तीन पांग्रे तथा चार पांग्रे साना तथा ठूला सवारी धनीले मात्रै इम्बोस्ड प्लेटका लागि आवेदन दिन सक्नेछन् । आवेदन भुर्नअघि सवारीका बाँकी करहरु सबै तिर्नुपर्नेछ भने तोकिएको शुल्क बुझाएर रसिद लिनुपर्नेछ ।

टेम्पो लगायतका तीन पांग्रे साना सवारीमा यो प्लेट जोड्न २ हजार ९ रुपैयाँ राजस्व लाग्छ । यसैगरी कार, जीप, भ्यान तथा ट्रयाक्टर लगायत चारपांग्रेले ३ हजार २ सय रुपैयाँ शुल्क तोकिएको छ ।

शुल्क बुझाकएको रसिद नम्बरसहित आफ्नो गाडीका सबै विवरण अनलाइनमा भरेर इम्बोस्डका लागि आवेदन गर्न सकिन्छ ।

Must View