नागरिक पोष्ट News


नुवाकोटमा काँग्रेसलाई ठूलो धक्का, ३ वटै क्षेत्रमा बामपन्थीको जित, डा. महत र केसी पराजित

3.1K

नुवाकोटका ३ वटै क्षेत्रमा बामपन्थीको जित भएको छ । नेपाली काँग्रेका शक्तिशाली नेता तथा पूर्व मन्त्रीहरु डा. राशरण महत र अर्जुननरसिंह केसी  भारी मत अन्तरले पारजित भएका छन् ।

हितबहादुर तामाङ ८५५२ मतान्तरले बिजयी

नुवाकोटको प्रतिनिधिसभा प्रदेश सभा निर्वाचनमा सवै क्षेत्रमा वाम गठवन्धन विजयी भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्रिहरु डा. रामशरण महत र अर्जुननरसिंह केसी पराजित हुनुभएको छ । नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी हुनुभएको छ । तामाङ ३६ हजार ४७३ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता डा. रामशरण महतले २७ हजार हजार ९२० मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडा ३६,८९२ मत ल्याएर बिजयी हुनुभएको छ ।

नुवाकोटका सबै क्षेत्रमा बामपन्थीको जित

नेपाली काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले २६,३३५ मत प्राप्त गर्नुभयो । बिजयी हुनुभएका एमालेका उम्मेदवार खतिवडाले १०,५५७ मत बढी ल्याउनुभएको हो ।

नुवाकोट १ ‘क’ मा माओवादीकी राधिका तमाङ विजयी

यस्तै, प्रतिनिसभा सदस्य–१ को प्रदेश ‘क’ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राधिका तामाङले १८,१३७ मत ल्याएर बिजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र थिङले १३,३६८ मत प्राप्त गरे । माओवादी केन्द्रका उम्मेदवार तामाङले ४,७६९ मतान्तरले बिजयी हुनुभएको हो ।

नुवाकोट १ ‘ख’मा एमालेका बद्री मैनाली २०५०९ मतसहित विजयी

यस्तै, प्रदेश ‘ख’ तर्फ नेकपा एमालेका उम्मेदवार बद्री मैनाली २०,५०९ मत ल्याएर बिजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार महतले १२,२१७ मत प्राप्त गरेर निकटतम प्रतिस्पर्धी बन्नुभयो । एमाले उम्मेदवार मैनालीले ८,२९२ मत बढी ल्याएर बिजयी हुनुभएको हो । यस्तै, नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा ‘क’मा नेकपा एमालेका उम्मेदवार केशवराज पाण्डेले २०,००९ मत ल्याएर बिजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार जगदिश्वरनरसिंह केसीले १२,७२९ मत प्राप्त गर्नुभयो । बिजयी हुनुभएका एमालेका उम्मेदवार पाण्डेले ७२८० मत बढी ल्याउनुभएको हो ।

यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ प्रदेश क मा एमालेका केशवराज पाण्डे निर्वाचित भए । उनले नेपाली कांग्रेसका जिल्ल सभापति समेत रहेका जगदिश्वरनरसिंह केसीलाई सात हजार भन्दा बढी मतान्तरले परािजत गरेका हुन् । पाण्डेले २० हजार ९ मत प्राप्त गर्दा निकतम प्रतिद्धन्द्धी केसील १२ हजार ७ सय २९ मत प्राप्त गरे ।

Must View