नागरिक पोष्ट News


सेक्सुअल तरिकाले केरा खाएपछि पक्राउ

3.4K

इजिप्टकी एकजना गायिका शायमा अहमदलाई प्रहरीले पक्राउ गरेको छ । एउटा म्युजिक भिडियोमा सेक्सुअल तरिकाले केरा खाएको अभियोगमा उनलाई पक्राउ गरिएको हो । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो ।

म्युजिक भिडियोमा शायमा क्लास टिचर बनेकी छन् । उनले सेक्सुअल तरिकाले विद्यार्थीका अगाठी केरा खाएको दृश्य छ । यो म्युजिक भिडियोमा उनका पुरूष छात्रले पनि सोही तरिकाले केरा खाएका छन् ।

 

उनले यस म्युजिक भिडियोमा अन्य हिसावले पनि नकारात्मक प्रभाव पारेको अभियोग लागेको छ । २१ वर्षिया शायमालाई तीन वर्षको जेल हुनसक्ने बताइन्छ ।

तर, उनले यो विषयमा माफी मागेकी छन् । उनले यस्तो क्लिपले आघात पुगेका मानिसहरूप्रति आफू क्षमाप्रार्थी रहेको बताएकी छन् । एजेन्सी

साभार साझा पोस्ट बाट

Must View