हेर्नुहोस् रवि लामीछाने बिरुद्ध तेसाईएको तेश्रो फायर ‘रवि नेपाली नागरिक होईनन्’ रे
-अनिल अधिकारी
साच्चै पत्रकार रवि लामिछानेको चर्चासँगै उनि माथि बिभिन्न खाले फायरहरु खुल्दै जान थालेका छन् । माथिको पंक्तिले उनि बिरुद्धको फायर खोल्नुमा कसको हात छ भन्ने कुरा स्पष्ट छ ।
रबि लामिछाने जस्तो पत्रकार ,धुर्मुस सुन्तली जस्तो सामजसेबि , कुलमान घिसिङ जस्तो कर्मचारी , र जनार्दन शर्मा जस्तो नेता , भए देश छिट्टै विकास हुन्थ्योकि
अब केहि समय मात्रै रविले यो देशमा टिके बबण्डर मच्चाउँछ भन्नेहरु अत्त्तालिएका छन् । चुस्दा-चुस्दा छाला मात्र बाँकी रहेको देशको जिउमा बिभिन्न ठाउँमा टासिएर किर्ना सरि मोटाएकाहरु सरिरबाटै धमाधम थुतिने डरले काप्दैछन् र उनिप्रति भए-नभएका फायरहरु खोल्दैछन् ।
पछिल्लो समय नेपाली टेलिभिजन ‘सो’हरुमा निकै चलेको र जनमानसमा आफ्नो सकारात्मक प्रभाव जमाईसकेको ‘सिधा कुरा जनतासँग’ नामक कार्यक्रम र उक्त कार्यक्रमको संचालक रवि लामिछानेप्रति इंगित गरेर बिभिन्न अफवाह फैलाईएको छ ।
अफवाह कतिको सत्य हो ? त्यसको जवाफ पत्रकार रवि लामिछानेले आफैले देलान् र दिनु पनि अपरिहार्य छ । उनि बिरुद्ध केहि दिन अघि ‘मुकुन्दे’ नामबाट चिनिने एक जना व्यक्तिले टिप्पणी गरेपछी उक्त टिप्पणी बिरुद्ध टिप्पणीहरु भाईरल भईरहेको छ ।
त्यस्तै २ दिन अघि दिल निसानी मगरले लामीछानेप्रति फेसबुकमा लेखेको टिप्पणीलाई लिएर देशविदेशबाट मगर बिरुद्ध नकारात्मक टिप्पणीहरु भाईरल भएका छन् । केहिको विश्लेषणलाई लिने हो भने दिल निसानी मगरले आफु चर्चामा आउन रवि लामीछाने बिरुद्ध फायर खोलेको चर्चा पनि गरेका छन् ।
यसैबीच फेरी अर्को बिषयमा पत्रकार रवि लामीछाने बिरुद्ध समाचार तथा बिभिन्न स्रोतबाट लामीछानेले नेपाली नागरिकतानै त्यागिसकेको भन्ने बिषयलाई प्राथमिकता दिँदै उनिबिरुद्ध तेश्रो फायर खोलिएको छ ।
जुन फायर सत्यतामै आधारित भएपनि जनताको नजरमा गौण हुने पक्का छ । आफ्नो कार्यक्रमको माध्यमबाट जनताको मन-मुटुमा बसिसकेका रविप्रति जति फायर खोलेपनि सामना गर्ने र उनलाई हिरोको दर्जा दिईरहने आम दर्शकको टिप्पणीहरुबाटै प्रमाणित हुन्छ । उनको विपक्षमा आएको पछिल्लो समाचार जसमा उनलाई नेपाली नागरिकनै होइनन् भन्ने किसिमले प्रचार गर्न खोजिएको छ । यस बिषयमा पनि अधिकांशले आफ्नो टिप्पणीमा रवि लामीछानेकै साथ दिएका छन् ।
‘टेलिभिजनको पर्दामा ठूला कुरा गर्ने रवि रहेछन् अमेरिकी नागरिक, उनले धेरै अगाडि नै त्यागिसकेका रहेछन् नेपाली नागरिकता’ भन्दै आएका समाचारहरु जसले आफ्नो अनलाइनमा स्थान दिएका छन् तिनै बिरुद्ध टिप्पणीहरु प्रहार भएका छन् ।
नेपाली टेलिभिजनमा प्रभावकारी कार्यक्रम सञ्चालन गरी लोप्रियता कमाइरहेका रविको काम हेर्दा उनी साच्चै नेपाल र नेपालीको भलाईप्रति गम्भीर देखिन्छन् ।
उनले बोलेका, अभ्यास गरेका बिषयहरु र त्यसको गहिराईलाई खोतली समाधानसम्मको बाटो दिलाईदिने गरि गरिएको अभ्यास मिडिया अभ्यासमा आवश्यकताको बिषय हो ।
बिषय उठाउने र पैसाको बार्गेनिङ्ग वा डर त्रासबाट उठेको बिषयलाईनै अलपत्र पारिदिने पत्रकारिताको अभ्यास चलिरहेको सन्दर्भमा रवि लामीछानेको पत्रकारिता पद्धतिलाई नौलो मानिएको हुनसक्छ ।
तर हाम्रो जस्तो समस्याग्रस्त देश जहाँ कानुन एकातिर अनि ब्यबहार अर्कोतिर भईरहेको सन्दर्भमा पत्रकार रवि लामिछाने धेरै हदसम्म सहि छन्, राम्रो अभ्यास गर्दैछन् र यस्तै अवस्था देशमा रहे अरु पत्रकारले पनि रवि लामीछाने ‘स्टाइल’ मा पत्रकारिता गर्नु देशको हितमा हुनेछ ।
उनले प्रस्तुत गरेको कार्यक्रमको एउटै मात्र स्वार्थ हो समस्यामा परेकालाई सहयोग गर्ने । देशको संक्रमणकालिन अवस्थालाई प्रयोग गरेर सकेसम्म अनैतिक रुपमा चुस्न पल्केकाहरुलाई रवि लामीछाने ‘स्टाइल’ तगारो हो ।
उनले केही कार्यक्रममा आफुलाई किन्न खोजेको भन्दै आफ्नो निस्वार्थ छविको परिचय दिईसकेका छन् । त्यसो त उनले आफुलाई यस्तै गरेर चर्चामा पुर्याउने भित्री स्वार्थ राखेका छन् भने पनि त्यसले देश र जनताको अहित गर्दैन ।
कानुन बनाएर कानुन पालना किन भएन भनेर सोध्न पाउनु जनताको अधिकार हो कि हैन ? आफ्नो देशमा रोजगार दिन नसकेर आर्काको देशमा बेचिन बाध्य नेपालीहरुको ब्यबस्थापनको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?
– (लेखक अधिकारी साझा सबाल डटकमका सम्पादक हुन् ।) / Jaljalaonline