नागरिक पोष्ट News


बलिउडमा बिहे अघि नै गर्भवती भएका सेलिब्रेटिहरु !

6.1K

बलिउडमा सेलेब्रिटीहरू लभलाई सामान्य रूपमा लिन्छन् । तर, बिहेअघि नै गर्भवती हुनुलाई भने बलिउडमा सामान्य मानिँदैन । तर, बलिउडका केही अभिनेत्री बिहे अगाडी नै गर्भवती भएका छन्।

श्रीदेवी फिल्म निर्माता बोनी कपुरले श्रीदेवीको दिल तब जिते, जब श्रीदेवी अमेरिकामा बिरामी आमाको उपचार गरिरहेकी थिइन् । यो समयमा बोनीले उनलाई धेरै सहयोग गरे । १९९६ मा अचानक श्रीदेवीले बोनीसँग बिहे गरेर सबैलाई चकित तुल्याइन् । खासमा श्रीदेवी गर्भवती भएका कारण हतारमा बिहे गरेकी थिइन् । श्रीदेवी स्वयंले यो कुरालाई स्वीकार गरिसकेकी छिन्।

सेलिना जेटली सेलिना जेटलीको जीवनमा पनि बिहेअघि नै गर्भवती हुनुपरेको घटना निम्तियो । तर, उनले पनि त्यो समस्यालाई हतारमा ‘सेटल’ गरिन् । गर्भवती भएपछि उनले तत्काल ब्वायफ्रेन्ड पिटर हगसँग बिहे गरिन्। उनले नसोचेको समयमा पिटर हगसँग बिहे गर्नुको कारण तब पुष्टि भयो, जब केही महिनामै जुम्ल्याहा बच्चालाई जन्म दिइन्।

अमृता अरोरा मलाइका अरोराकी बहिनी हुन् अमृता । व्यापारी सकिल लदकसँग अफेयरमा रहेकी अमृताले पनि हतारमा बिहे गरिन् । त्यतिखेर बलिउडमा हल्ला चल्यो कि बिहेको समयमा अमृता गर्भवती थिइन् । नभन्दै बिहेको केही दिनमै उनले पुष्टि हुने अभिव्यक्ति दिइन्, ‘म आमा बन्दै छु।’

सारिका ठाकुर फिल्म राजतिलकको सुटिङका दौरान सारिका र कमल हसनबीचको अफेयर पर्दाफास भयो । त्यसलगत्तै उनीहरूले सम्बन्धलाई बिहेमा बदले । सारिका गर्भवती भएका कारण बिहे भएको कुरा केही समयमै यो जोडीले स्विकार्‍यो।

नीना गुप्ता ‘म गर्भवती छु,’ भन्दै अभिनेत्री नीना गुप्ताले पनि अचानक दुनियाँ चकित पर्ने खबर सुनाइन् । उनले आफ्नो पेटमा रहेको बच्चाको पिताको नाम पनि खुलाइदिइन् । क्रिकेटर विवियन रिचर्डस् उनको पेटको बच्चाका पिता थिए । यो साहसिक फैसलापछि उनले बच्चालाई जन्म पनि दिइन्।

महिमा चौधरी अभिनेत्री महिमा चौधरीले सुभाष घईको फिल्म ‘परदेश’बाट आफ्नो करिअर सुरु गरेकी थिइन्। उनको वास्तविक नाम ऋतु चौधरी हो । उनले २००६ मा अचानक बाबी मुखर्जीसँग बिहे गरिन्। त्यतिखेर उनको हातमा केही फिल्म पनि थिए । तर, सबै काम छाडेर उनले मुखर्जीसँग लगनगाँठो कसिन्। उनको पनि हतारको बिहे तब पुष्टि भयो, जब बिहेको केही महिनामै छोरीलाई जन्म दिइन्।

POSTED ON

Must View