नागरिक पोष्ट News


चुनाव बिथोल्न खोज्ने ‘विप्लवहरु सेनाको निगरानीमा, ५ सय जना गिरफ्तार :रक्षामन्त्री प्रधान

2.8K

रक्षामन्त्री भीमसेनदास प्रधानले चुनाव बिथोल्न खोज्ने ‘विप्लव समूहका नेता कार्यकर्ताहरु सेनाको विशेष निगरानीमा रहेको बताए ।  देशभरिका छिटपुट घट्नाहरुमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विशेष समूहको संलग्नता भएकोले ५ सय जनालाई  गिरफ्तार गरिएको रक्षामन्त्रीले स्पष्ट पारेका छन् । प्रधानले मंसिर २१ गतेको निर्वाचन सम्पन्न भएपछिमात्रै उक्त समूहसँग वार्तामा बस्ने त्यो भन्दा अघि वार्ता नगर्ने भन्दै ,‘चुनावपछि हामी उहाँहरुका माँग सम्बोधन गर्छौं, अहिले वार्तामा बस्ने समय होईन र बस्दैनौं पनि।

कसैले चाहेर पनि निर्वाचन विथोल्न केही गर्न नसक्ने दाबी गर्दै भने,‘निर्वाचन विथोल्न चाहने तत्वहरु करिब २ हजार जनाको हामीले लिष्ट बनाएका छौं, अहिलेसम्म करिब ५ सय जनालाई गिरफ्तार गरिसकिएको छ, ती मध्ये धेरै तत्वहरुको त अहिले भागाभाग भैरहेको छ।’

मन्त्री प्रधानले भोलि हुने ३२ जिल्लाका निर्वाचनमा २८ हजार ८ सय ४६ नेपाली सेना खटिने जानकारी दिए । उनले भने,‘दुवै निर्वाचनकोलागि ६४ हजार प्लस सेना खटिँदैछन्, त्यस्तै नेपाल प्रहरीको कुल क्षमतामध्ये ९० प्रतिशत यो निर्वाचनमा खटिँदैछन्, त्यस्तै हवाई अनुगमन भैरहेको छ, त्यसैले सुरक्षाको सम्पूर्ण व्यवस्था हामीले गरेका छौं।’

Must View