नागरिक पोष्ट News


समुदाय एवं बिद्यालयस्तरीय बृहत जनचेतनामुलक कार्यक्रम सञ्चालन हुने

4.8K

सहयोगी हृदय नेपालको आयोजना र आईसिटी पत्रकार विकास मञ्च को मिडिया सहकार्यमा समुदायिक युवा तथा बिद्यार्थी लक्षित बिद्यालयस्तरीय १ दिने बृहत जनचेतनामुलक कार्यक्रम सञ्चालन हुने भएको छ ।    “लागुपदार्थ तथा दुव्र्यसनबाट टाढै बसौं, सचेत रहौ, ट्राफिक नियमको सधै पालना गरौं र साइवर अपराधमुक्त समाजका लागि साइवर सुरक्षा जनचेतना अभियानमा जुटौं भन्ने नारासहित उक्त कार्यक्रम कार्तिक २९ गते बुधबार मण्डिखाटार काठमाडौंमा सञ्चालन हुने जनाइएको छ ।  कार्यक्रमका प्रमुख वक्ता महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनाल रहेको आयोजक संस्थाकी अध्यक्ष पिंकी मल्ले बताएकी छिन् । साथै कार्यक्रममा नेपाली हवाइ उडान क्षेत्रमा विशेष योगदान पुर्याएका क्याप्टेन बेद उप्रेतीलाई सम्मान समेत गरिने भएको छ । उप्रेतीले हाल एभियसन म्युजिएम सञ्चालनमा ल्याएका छन् । जुन दुर्घटनाग्रस्त टर्किस एयरबस ३३०–३०० भित्रको सबैभन्दा ठूलो हवाई म्युजिएम हो ।

प्रमुख वक्ता                ः सर्वेन्द्र खनाल, डिआइजी तथा प्रमुख महानगरीय ट्राफिक महाशाखा काठमाडौं

विशिष्ट अतिथिहरु        ः Lauren Hall, Michelle Mahlik, Dan Mahlik (USA: Health Ed Connect)

कार्यक्रम             : लागू औषध दुव्र्यसन बिरुद्ध , ट्राफिक नियम पालना र साइवर अपराध बारेको चेतनामुलक 

स्थान                  ः बूढानीलकण्ठ नगरपालिका वडा नं ९, मण्डिखाटार, काठमाडौं                             

                          (धुम्बाराही चोकबाट २०० मिटर अगाडी मण्डिखाटार जाने कुमारी मन्दिरसँगै)

समय अवधि         ः २.०० बजे (दिउँसो २ बजेदेखि ५ बजेसम्म) ३ घण्टा

मिति             ः २०७४ कार्तिक गते २९ गते बुधबार

सहभागी संख्या     ः ३५० जना (सामुदायिक युवा क्लव, महिला समूह, सरकारी तथा निजी  बिद्यालयका कक्षा ९, १०, ११ र १२ का बिद्यार्थीहरु, समाजसेवी एवं     राजनीतिक व्यक्तित्वहरु  र सरोकारवाला निकायका प्रतिनिधिहरु)

  cyber security awareness at prime college

सूचना, चेतना र जनचेतनाको आजको आवश्यकता हो । त्यसैले श्रव्य तथा दृश्यमार्फत लागू औषध तथा दुव्र्यसनी बिरुद्ध, ट्राफिक नियम पालना र साइवर अपराध बारेको चेतना अभिबृद्धि गराउने लक्ष्य कार्यक्रमको रहेको छ ।  स्वस्थ्य र सभ्य समाजका लागि हामी कतिसम्म सजग र सचेत रहनुपर्दछ भन्ने चेतनाको सन्देश कार्यक्रममार्फत युवा बिद्यार्थीहरुलाई गराउने मिडिया संयोजक भरतराज उप्रेती बताए । सूचना, चेतना र जनचेतनाका अभियानका लागि यस्ता जनचेतनामुलक कार्यक्रमहरुबाट हामीले हाम्रो सामाजिक उत्तरदायित्व वहनलाई मनन गर्नैपर्दछ । यो हामी सबैको  सामाजिक उत्तरदायित्व हो ।

Must View